-->
सुनको भाउ घट्यो, अझै घट्ने संभावना

काठमाडौं, पुस १९ - हप्ताको पहिलो दिन आइतबार
सुनको भाउ घटेको छ । आइतबार सुनको भाउ तोलामा
२ सय रुपैयाँले घटेर ४७ हजार ८ सय रुपैयाँमा झरेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली
बजारमा पनि भाउ घटेको हो । आइतबार
अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ६२ डलर
छ ।
डलर मजबुत बन्दै गएकाले सुनको भाउ अझै घट्न सक्ने
अनुमान गरिएको महासंघका पूर्वअध्यक्ष तेजरत्न
शाक्यले बताउनुभयो । डलर मजबुत हुँदा सुनमा लगानी
गरेकाले अरु क्षेत्रमा लगानी गर्ने भएकाले भाउ सस्तिने
सम्भावना रहन्छ ।
अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
आउनुका साथै शेयर बजार उकालो लागेकाले पनि
सुनको भाउ सस्तिने अनुमान गरिएको शाक्यले
बताउनुभयो ।
सुनको भाउ गएको हप्ता झण्डै स्थिर जस्तै रहेको
थियो । आईतबारदेखि लगातार ४ दिनसम्म स्थिर
रहेको भाउ विहिबार भने केहि घटेको थियो ।
आइतबारदेखि शुक्रबारसम्म तोलाको ४८ हजार ३ सय
रुपैयाँ रहेको भाउ बिहीबार घटेर ४८ हजार रुपैयाँमा
झरेको थियो भने शुक्रबार पनि त्यहि भाउ कायम
भएको थियो । चाँदीको भाउ भने गएको ८ गतेदेखि नै
स्थिर छ । चाँदी तोलाको ६ सय ७५ रुपैयाँमा
कारोवार भइरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.