१९ पुस |
विराटनगर – सूचना तथा सञ्चारमन्त्री
शेरधन राईले संयुक्त लोकतान्त्रिक
मधेसी मोर्चासँग औंपचारिक
वार्ताका लागि सरकार ठोस
प्रस्ताव सहित तयारीमा जुटेको
बताएका छन् ।
विराटनगरमा आज बिहान
सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले
मोर्चासँगको सहमतिमा वार्ताको
तिथि तोक्ने र सो वार्तालाई
निर्णायक वार्ता बनाइने स्पष्ट पारे ।
मधेसी मोर्चा वार्तामा नआएको
सम्बन्धमा पत्रकारको जिज्ञासामा
मन्त्री राईले भने, “यदि मोर्चा
वार्तामा आएन भने सबैलाई थाहा हुने
गरी सरकारले वार्ताको तिथि
निर्धारण गर्ने छ, सो वार्तामा
नआएको खण्डमा मोर्चा वार्ताबाट
निकास नखोजेको, अर्कै थोकनिम्ति
आन्दोलन गरिहेको र मानवीय सङ्कट
उत्पन्न गर्न खोजेको आम जनताले बुझ्ने छ
।”
मधेसी मोर्चाको प्रारम्भिक
असन्तुष्टि देखिएको र मोर्चामा
अन्तरविरोध पनि रहेको भए पनि
पटकपटकको अनौंपचारिक वार्ताका
कारण मधेसी मोर्चा सकारात्मक
रहेकाले अबको वार्ता निर्णायक हुने
उहाँले विश्वास व्यक्त गरे ।
अघोषित नाकाबन्दीका कारण उत्पन्न
मानवीय सङ्कटमा मुलुक लामो समयसम्म
रहन नसक्ने स्पष्ट पार्दै सरकारका
प्रवक्ता राईले भूकम्पबाट क्षतविक्षत
संरचनालगायत विकास निर्माणलाई
युद्धस्तरमा लग्नका लागि सरकारले
कार्य योजना अगाडि बढाइसकिएको
जानकारी गराए ।
उनका अनुसार जनताको भावनालाई
ध्यानमा राखी सरकारले दुई वर्षे
सुधारका कार्य योजना सार्वजनिक
गरेको छ र यसको अनुगमन र
निरीक्षणका उच्चस्तरीय निर्देशन
समिति समेत बनाएको छ ।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...