पुस १९
काठमाडौ – संयुक्त लोकतान्त्रिक
मधेशी मोर्चाका एक घटक सद्भावना
पार्टीले हिजो पत्रकार सम्मेलन गरि
आफ्नो छुट्टै कार्यक्रम घोषणा गरेपछि
मोर्चाका अर्को घटक संघीय
समाजवादी फोरम नेपालले पनि आज
छुट्टै प्रदर्शन गर्ने भएको छ ।
फोरम नेपालले आज सुन्धाराबाट छुट्टै
प्रदर्शन गर्न लागेको हो । उता
सद्भावना पार्टीले पनि आजैदेखि
आफ्नो छुट्टै कार्यक्रम शुरु गरेको छ । यी
दुई पार्टीबीच मोर्चामा देखिएको
आन्तरिक द्धन्द्ध पुष्टि भएको
तमलोपाका एक नेताले बताए ।
‘मोर्चा आन्दोलनमा सरिक रही रहेको
बेला यी दुई दलले छुट्टा छुट्टै कार्यक्रम
आयोजना गर्नु मधेशी
आन्दोलनकारीको अपमान हो,’ती
नेताले रातोपाटीसँग भने, यी दुई
दलबीच विवाद रहेको छ जुन कुराहरु
बाहिर आइरहेको थियो त्यसलाई यी
दलको क्रियाकलापले पुष्टि गरेको छ ।’
अगामी दिनमा बस्ने मोर्चाको
बैठकमा यसको बारेमा गम्भीर छलफल हुने
बताउँदै ती नेताले यी दुई दलको छुट्टा
छुट्टै कार्यक्रमले मधेशमा भइरहेको
एकीकृत आन्दोलनमाथि असर गरेको
बताए ।
उनले आफ्नो पार्टीले कुनै त्यस्तो छुट्टै
कार्यक्रम नगरेको दावी गर्दै
पार्टीको वार्षीक उत्सवको
उपलक्ष्यमा एक दिन संकल्प दिवसको
रुपमा मनाएको स्वीकार गरे ।
यद्यपी फोरम नेपालले सद्भावना
पार्टीले कार्यक्रम घोषणा गरेको
भन्दा पहिला नै पुस १३ गते कार्यक्रम
घोषणा गरेको जनाएको छ । फोरम
नेपालको १३ गते बसेको बैठकले नै
सुन्धाराबाट सरकारको विरोधमा
जनप्रर्दशन गर्ने निर्णय गरेको बताइएको
छ ।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...