२५ सय लिटर डिजेल बरामद
रुपन्देही, पुस १९ - रुपन्देहीमा प्रहरीले २५ सय लिटर
डिजेल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय
रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा
नम्बर २ नौडिहवामा बेवारिसे अवस्थामा प्रहरीले
यो परिमाणको डिजेल बरामद गरेको हो ।
ड्रममा राखिएको अवस्थामा भेटिएको इन्धनलाई
प्रहरीले भैरहवा भन्सार कार्यालय चलान गरेको छ ।
भन्सार छलेर तस्करहरुले अवैध रुपमा भारतबाट डिजल
ल्याएर राखेको हुन सक्ने आशंका गरिएको प्रहरीले
जनाएको छ ।ujyaalo online बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...