-->
जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर पुस २५ गते वितरण हुने, बजारमा ४१ अर्ब फर्कँदै

काठमाडौं । जलविद्युत लगानी तथा विकास
कम्पनीको सेयर यही पुस २५ गते वितरण हुने भएको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धक नागरिक लगानी
कोषले २५ गते सेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।
'२५ गते सेयर बाँडफाँट गर्ने हाम्रो लक्ष्य छ, संभवत
त्यही दिन बाँडफाँट गर्छौं,' नागरिक लगानी
कोषका प्रवक्ता सुशील अर्यालले भने, 'लक्ष्य अनुसार
काम गरिरहेका छौं । बढिमा एक दिन तलमाथि हुन
सक्छ नभए २५ गते नै काम गर्छौं ।'
नागरिक लगानी कोषले पुस २८ गते भित्रमा सेयर
बाँडफाँट गरिसक्नु पर्छ । कम्पनीको सेयरमा दुई लाख
जनाभन्दा धेरै आवेदक थिए । त्यसैले नागरिक लगानी
कोषले तीन महिनाको अवधिमा सेयर बाँडफाँट
गर्नुपर्छ । उसले त्यस अनुसार नै तयारी गरिरहेको
अर्यालले जानकारी दिए । तीन महिना अगाडि
कम्पनीले सर्वसाधाणका लागि दुई अर्ब रुपैयाँको सेयर
निष्काशन गरेको थियो ।
कम्पनीको सेयरमा ४३ अर्ब रुपैयाँ माग गर्दै आवेदन
परेको थियो । दुई अर्बको सेयर वितरण भएपछि
बजारमा ४१ अर्ब रुपैयाँ फर्कने छ ।
एचआइडिसिएलमा नेपाल सरकारको पाँच अर्ब,
कर्मचारी संचय कोष, नागरिक लगानी कोष र
राष्ट्रिय बीमा संस्थानको एक/एक अर्ब रुपैयाँ गरी ८
अर्ब रुपैयाँ लगानी भएको थियो । कम्पनीले
अहिलेसम्म ८ वटा आयोजनामा सवा ३ अर्ब रुपैयाँ
लगानी गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.