१९ पुस, काठमाडौं । नेपालमा अहिले १८ देखि ४० वर्ष
उमेर समूहको जनसंख्या ६० प्रतिशतभन्दा बढी छ ।
कमाउने हातहरु मानिने यो उमेर समूहको जनसंख्या
यति धेरै भएको यो पहिलोपटक हो ।
तर, देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको
नेतृत्वमा भने ६० वर्षभन्दा कम उमेरको कुनै भूमिका छैन ।
कांग्रेस यतिबेला १३ औं महाधिवेशनको तयारीमा छ
। तर, योपटक पनि ८० वर्षका सुशील कोइराला र ७०
वर्ष पुग्दै गरेका शेरबहादुर देउवा नै सभापतिमा चुनाव
लड्ने तयारीमा छन् ।
सभापतिका अर्का दाबेदार रामचन्द्र पौडेल पनि ७१
वर्षका भइसके । यसको अर्थ तीन नेतामध्ये जसले जिते
पनि कांग्रेसको कार्यकारी पद मानिने सभापतिमा
७० कटेका ‘बूढा’ नेताहरु नै पुग्नेछन् ।
विवाद उमेरको
नेपालको राजनीतिमा उमेरसम्बन्धी विवादले प्रवेश
पाउँदै आएको छ । पुराना र बूढम नेताहरुलाई
विस्थापित गरेर युवा पुस्तालाई नेतृत्व दिनुपर्ने भनाइ
फेसनमै रुपमा आउने गरेको छ । पुरानो पुस्ताका नेताहरु
भने युवालाई क्षमताका आधारमा प्रतिपस्र्धा
गर्नुपर्छ भन्दै बाँचुञ्जेल नेतृत्व गरिरहने मानसिकतामा
देखिन्छन् ।
युवा र बूढा नेताको अन्तरविरोधबाट नेपाली
कांग्रेस पनि अछुतो छैन । कांग्रेसमा बूढा नेताको
विम्वका रुपमा सुशील कोइराला र युवा नेताको
विम्वमा गगन थापालाई लिने गरिन्छ । तर, गगन
थापालाई युवा नेताको रुपमा प्रोजेक्ट गर्दा
कांग्रेसभित्रका ७० कटेका नेताहरुको चित्त प्रशन्न हुने
गरेको छैन ।
गगन थापाजस्तै नेपाली कांग्रेसमा धनराज गुरुङ, चन्द्र
भण्डारी, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, प्रदीप
पौडेललगायतका युवाहरुलाई सम्भावना बोकेका
नेताका रुपमा हेर्ने गरिएको छ । यद्यपि नेपाली
कांग्रेसमा पुराना नेताहरुको सूची निकै लामो छ,
जसले नेतृत्वमा निरन्तर दाबी गरिरहेका कारण
युवाहरुको पालो तत्कालै आइहाल्ने स्थिति छैन ।
उमेर हद तोक्नुपर्ने माग
नेपाली कांग्रेसको विधानमा उमेर हदबारे कुनै
व्यवस्था छैन । संगठनमा ‘एक्जिट पोलिसी’ अर्थात
प्रमुख पदहरुबाट बाहिरिने नीति नहुने हो भने नयाँ
पुस्ता कसरी आउँछन् भन्ने प्रश्न बेला-बेला उठ्ने गरेको छ
।
संगठनलाई चुस्त बनाउन पनि ‘एक्जिट पोलिसी’
आवश्यक पर्ने युवा नेता गगन थापा बताउँछन् । तर,
कांग्रेसका बहुसंख्यक नेता कार्यकर्ताले उमेरले होइन,
विचारले महत्व राख्छ भन्ने मत राख्छन् ।
कांग्रेसमा विधानबारे छलफल गर्ने थलो महासमिति
बैठक हो । र, महाधिवेशन हुनुअघि यस्तो बैठक हुनुपर्ने हो
। तर, ०६९ चैतमा नवलपरासीमा भएयता कांग्रेसको
महासमिति बैठक हुन सकेको छैन । योपटक महाधिवेशन
अघि महासमिति बैठक हुनेछैन ।
विधान संशोधनको मस्यौदा तयार पार्न संगठन
विभाग प्रमुख आनन्द ढुंगाना नेतृत्वको समितिले
जिम्मा पाएको छ । यो समितिको प्रतिवेदन
आएपछि केन्द्रीय समितिमा छलफल हुनेछ ।
कांग्रेस नेता गगन थापा केन्द्रीय कार्यसमितिमा दुई
कार्यकाल भन्दा बढी कार्यकारी पदमा बस्न नपाउने
र ६५ वर्षको उमेर हद राख्ने प्रस्तावको तयारीमा
रहेको बताउँछन् ।
विश्लेषक भन्छन्- उमेरको महत्व छैन
राजनीतिक विश्लेषक कृष्ण खनाल भने राजनीतिमा
उमेरले खासै महत्व नराख्ने बताउँछन् । उमेर हद तोक्ने
प्रस्तावलाई उनी बेकारको मान्छन् । यसले
पार्टीलाई ब्यूरोक्रेटाइजेसन गर्ने उनको मत छ ।
अनलाइनखबरसँग कुरा गर्दै प्राध्यापक खनालले भने,
कांग्रेसमा युवाहरु पनि पालो पर्खिर्एर बस्नेहरु मात्र
छन् । नेतृत्वमा आउनका लागि पालो पर्खिने होइन,
च्यालेन्ज गर्नुपर्छ ।’
खनालका अनुसार नेताहरुमा ३० वर्षको उमेर हुँदा नै
नेतृत्व क्षमता देखिन्छ । वीपी २०१५ सालमा
प्रधानमन्त्री भए । तर, ००७ सालतिर नै उनको त्यो
क्षमता देखिएको थियो । कांग्रेस, एमाले र
एमाओवादीमा अहिले नेतृत्वमा रहेकाहरु पनि उमेरमा
नै उदाएका नेताहरु हुन् । खनाल भन्छन्- कांग्रेसमा
पछिल्लो समय केही मान्छेहरु आए तर, अडिनै सकेनन् ।’
प्राध्यापक खनालजस्तै धारणा राख्छन् देउवा निकट
केन्द्रीय सदस्य मीन विश्वकर्मा । पार्टीभित्रको
उमेरसम्न्धी विवादबारे विश्वकर्माले अनलाइनखबरसँग
भने- ‘अहिले पार्टीमा मुख्य अभाव विचार र
क्रियाशीलताको हो, उमेर मुख्य विषय होइन ।’
कांग्रेसको आगामी महाधिवशेनमा विचार र
कार्यक्षमताले महत्व पाउने तर उमेरले नपाउने उनले बताए
।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...