१८ पुस, काठमाडौं । मधेसी मोर्चामा आवद्ध राजेन्द्र
महतो नेतृत्वको सदभावना पार्टीले छुट्टै आन्दोलनको
कार्यक्रम घोषणा गरेको छ ।
सद्भावनाले पुस १९ देखि २७ गतेसम्मको आन्दोलनका
कार्यक्रम सार्वजनिक गरेको हो । मोर्चासँगको
समन्वयमा नै आन्दोलनको कार्यक्रम बनाइएको हो’
महासचिव मनिष सुमनले भने ।
१९ गते धार्मिक वा सार्वजनिक स्थलमा प्रार्थना
सभा गर्ने, २० गते एक घन्टा मौन व्रत, २१ गते भित्ते
लेखन, २२ गते साइकलदेखि ठेलासम्ममा कालो झण्डा
राख्ने र हातमा कालो पट्टी बाँध्ने र २३ गते
शहिदको सम्झनामा मैनवत्ती बाल्ने उसको कार्यक्रम
छ ।
२४ गते भारतसहित विश्वभर रहेका आफन्तलाई मधेस
आन्दोलनबारे इमेल, फेसबुक म्यासेजमार्फत जानकारी
दिने, २५ गते अन्य दलका सांसदलाई पार्टी छाडेर
आउन दबाव दिन हस्ताक्षर संकलन गर्ने, २७ गते मधेस
आन्दोलन १५० दिन पुगेको दिन एक दिन उपवास बस्ने
कार्यक्रम छ ।
आन्दोलनका कार्यक्रम घोषणा गर्दै जारी गरिएको
विज्ञप्तिमा सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले
हस्ताक्षर गरेका छन् । उनी भने अहिले दिल्लीको
मेदान्त अस्पतालमा उपचाररत छन् ।
महतोलाई शुक्रबार दिल्ली लैजानु अघि नै नै
कार्यक्रम बनेर उनले हस्ताक्षर गरेको महासचिव सुमनले
बताए ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...