-->
राजेन्द्र महतोको नागरिकता छानविन गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र


१८ पुस, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको
एमालेसमर्थित युवा संघले सद्भावना पार्टीका
अध्यक्ष राजेन्द्र महतोको नागरिकता छानविन गर्न
माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
युवा संघले शनिबार गृह मन्त्रालय पुगेर गृहमन्त्री शक्ति
बस्नेतलाई चार पृष्ठको ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा महतोले झुठा विवरण पेश गरी नेपाली
नागरिकता लिएको दाबी गर्दै उनको नागरिकता
रद्ध गरी कानून बमोजिम कारबाही गर्न माग
गरिएको छ ।
२०६८ सालमा पनि महतोको नागरिकताबारे विवाद
भएको थियो । त्यसबेल महतो स्वाथ्यमन्त्री थिए ।
अख्तियारले महतोको नामगरिकताबारे छानविन
गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्र
समेत काटेको थियो ।
तर, ०६२ चैत १२ गते भएको मलंगवा आक्रमणका क्रममा
आगो लागेर सबै कागजपत्र नष्ट भएको भन्दै तत्कालीन
प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयलाई पत्र
लेखेको थियो ।
युवा संघले महतो विदेशी नागरिक भएको र उनको
झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको
दाबी गरपेनि कुनै प्रमाण भने अघि सारेको छैन । उसले
त्यही प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा
पठाएको पत्रलाई प्रमाण भन्दै ज्ञापन पत्रसँगै
बुझाएको छ ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री बस्नेतले नागरिकता
विवादमा सरकार गम्भीर रहेको बताए । राष्ट्रिय
परिचय पत्र वितरण गरेर दिर्घकालीन समाधान गर्ने
वा अहिले भएका नागरिकताको छानविन गर्ने भन्ने
बहस रहेको भन्दै उनले भने-उपयुक्त विधि सरकारले छनोट
गर्छ ।’onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.