-->
प्रधानमन्त्री ओलीले हिन्दुराष्ट्रका पक्षमा भारतसँग सम्झौता गरेको भारतीय राजदुतद्धारा खुलासा...


काठमाडौं, २१ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दुराष्ट्र बनाउने प्रतिवद्धता जनाएको भारतीय
राजदुत रंजित रायले खुलासा गरेका छन् । भारतीय विदेशमन्त्री सुष्म स्वराजसँग १७ मंसिरमा भएको टेलिफोन संवादमा
नेपाललाई विस्तारै हिन्दुराष्ट्र तर्फ लैजाने प्रतिवद्धता ओलीले जनाएको रायले खुलासा गरेका छन् ।
पाँच दिनअघि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भारतीय राजदुत रायले यस्तो
खुलासा गरेका हुन् । ‘तत्काल हिन्दुराष्ट्रका पक्षमा जान नसकिने भएपनि ८० प्रतिसत जनताले हिन्दुराष्ट्र चाहेका छन् म
त्यसको विरोधी होइन’ ओलीको बोली उदृत गर्दै राजदुत रायले प्रचण्डसँग भने ‘यसले दुई देशको सम्बन्धमा सुधार मात्र
होइन मधेसको आन्दोलनले पनि किनारा पाउँछ ।’
रायले भारतीय संस्थापन पक्षको लक्ष्य सुनाउँदै प्रचण्डलाई वर्तमान समस्याको निकास हिन्दुराष्ट्रले दिने सुझाव पनि
दिएका थिए । तर प्रचण्डले आफुसँग प्रधानमन्त्री ओलीको यस बिषयमा कुनै कुरा नभएको रायलाई बताएका थिए ।
ओलीले हिन्दुराष्ट्र मान्न आफु तयार भएको संदेश भारतीय संस्थापन पक्षलाई दिए लगतै अनौपचारिक भ्रमण भन्दै
परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमण पुगेका थिए । भ्रमण अनौपचारिक भनेपनि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदी, सुष्मा स्वराज लगाएतका नेताहरुसँग भेट गरेका थिए । उनले वर्तमान सरकार हिन्दुराष्ट्रका पक्षमा भएको विश्वास
भारतीय संस्थापन पक्षलाई गराएका थिए । त्यही परराष्ट्रमन्त्री थापाले चार बुँदे प्रतिवद्धता पत्र पनि भारतलाई
बुझाएका थिए । लिखित चार बुँदे र अलिखित हिन्दुराष्ट्र बनाउने प्रतिबद्धता नेपालले जनाएपछि भारत केही
सकारात्मक भएको हो ।
थापा फर्केको एक सातापछि आन्दोलनरत मधेसीबादी दलका नेताहरु दिल्ली पुगेका थिए । सरकारले भारतको माग पुरा
गर्ने भएपछि आन्दोलनरत मधेसबादी दलहरु अप्ठेरोमा परेका थिए । भारतीय दुतावासबाट विदेशमन्त्री स्वराजसँग
भिडियो कन्फेरेन्स गरेका मधेसबादी दलका नेताहरु फेरी दिल्ली पुगेका थिए । भारतका एजेण्डा बोकेर मधेसमा आन्दोलन
गरिरहेका मधेसबादी दलहरु दिल्ली पुगेपछि जिल खाएका थिए । उनीहरुले बोकेका मुद्दा सरकारले नै बोकेपछि उनीहरुको
आन्दोलनले ‘फेस सेविङ’को बाटो समेत पाउन सकेन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.