काठमाडौं– नेपाल आयल निगमले एकदेखि छ नम्बर
लटसम्मका निजी कार तथा जिपलाई बुधबार १५
लिटरका दरले पेट्रोल वितरण गर्ने भएको छ।
उपत्यकाकाका ५३ ओटा पम्पहरुलाई निगमको
थानकोट डिपोबाट मंगलबार तेल उपलब्ध गराउने र उक्त
तेल बुधबार कारलाई वितरण गराउने निगमले जनाएको
छ। तोकिएका पम्पहरुमा बुधबार बिहान ९ बजेदेखि
पेट्रोल वितरण गरिने मिगमले जनाएको छ।
'ब्लु बुक नवीकरण भएका चारपाङ्ग्रे कार तथा
जीपलाई निगमका मान्यताप्राप्त पम्पहरुबाट पेट्रोल
उपलब्ध गराइने छ,' सूचना प्रकाशित गरेर निगमले
जानकारी गराएको छ। अन्य लटका निजी
चारपाङ्ग्रे कार तथा जिपको हकमा अर्को सूचना
प्रकाशित गरिने पनि निगमले जनाएको छ। पेट्रोल
लिन लाइनमा बस्ने कारहरुले नवीकरण भएको ब्लुबुक
साथमा लिएर बस्नु पर्ने र त्यसको अनुगमन वाणिज्य
विभाग, आयल निगम र नेपाल प्रहरीले गर्ने जनाइएको
छ।
पम्पहरूकाे सूची हेर्नुहाेस्ः

0 comments
प्रतिक्रिया दिनुहोस्...