काठमाडौं – भारतीय नाकावन्दी र
नेपाल सरकारको संवेदनहीनताविरुद्ध
मानव अधिकार तथा शान्ति समाजले
२०७२ पौष १७ गते काठमाडांैमा आयोजना
गरेको धर्नाबाट प्रहरीले ३५ जना
अधिकारकर्मीलाई पक्राउ गरेको छ ।
दिउँसो १ बजे काठमाडांैस्थित भारतीय
दुतावास लाजिम्पाट नजिक धर्ना शुरु हुने
वित्तिकै प्रहरीले शान्ति समाजका
संस्थापक सभापति कृष्ण पहाडीसहित
अन्य अधिकारकर्मी पक्राउ परेका हुन् ।
पक्रउा पर्नेमा सभापति गङ्गाधर
अधिकारी, सल्लाहकार होमकान्त
चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल,
समाजका महासचिव उत्तम पुडासैनी,
कोषाध्यक्ष रेणुका
पौडेल,अधिकारकर्मीहरु पुष्पा केसी,
प्रताप पौडेल, अन्जना अर्याल, दिपक
पुडासैनी, रमेश सिंखडा, कृष्णबहादुर रावल,
चन्द्रमणी बन्जारा, दिवाकर सिलवाल,
रामकृष्ण बराल, यदु खतिवडा, जगन्नाथ
पुडासैनी, जयराम पुडासैनी, गोकर्णमणी
पुडासैनी,अर्जुन लामिछाने, टेकराज
अवस्थी, प्रदीप पौडेल, चित्र रसाईली,
ज्ञानहरी ढुंगाना, नानीकाजी गिरी,
कोपिला पौडेल, हेमराज चौलागाईं,
सोमनाथ आचार्य, हरिभक्त पुडासैनी,
बटुकृष्ण ढुंगेल, बद्री पुडासैनी, श्रीकृष्णराज
पुडासैनी, राजकुमार शर्मा, इश्वर
रिजाल, बि पौडेललाई पक्राउ गरेको
थियो ।
छिमेकी भारत नेपालमाथि नाकावन्दी
गरेर पीडा माथि पीडा वढाईरहेको छ
भने नेपाल सरकार राज्यको श्रोत
साधनको दुरुपयोग गरेर रमाइरहेको भन्दै
धर्नामा सहभागिहरुले भारतीय
नाकावन्दी र नेपाल सरकारको
संवेदनहीनता विरुद्ध नारा पनि लगाएका
थिए ।
पक्राउ पश्चात अधिकारकर्मिहरुलाई
नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा
राखिएको छ ।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...