बिना
पासपोर्ट
नेपालबाट
भारत छिरेका
चिनियाँ
पक्राउ
पुस १९
रक्सौल – नेपालबाट विना भिषा र
पासपोर्ट भारततर्फ गएका दुई
चिनियाँ नागरिक बिहारमा पक्राउ
परेका छन् । उनीहरु बिना अनुमति
फोटो खिचिरहेको अवस्थामा पक्राउ
परेको प्रहरीले जनाएको हो ।
उनीहरु रक्सौलस्थित पूर्वी चम्पारन
जिल्लामा पक्राउ परेका हुन् । ‘सिमा
सुरक्षा बलको टोलीले दुई चिनियाँ
नागरिकलाई विना अनुमति फोटो
खिच्दै गरेको अवस्थामा पक्राउ गरेको
छ । हामीले उनीहरुबाट दुई मोबाइल
फोन र एउटा क्यामेरा बरामद गरेका
छौँ,’– एसएसबीका सहायक कमान्डर
सतिश चन्द्र गुप्ताले भनेका छन् । त्यस्तै
इमिग्रेसन अफिसियल एसएम शर्माले
प्रारम्भिक अनुसन्धानबाट उनीहरु दुई
महिनासम्म नेपाल–भारत सिमामा
घुमिरहेको पत्ता लागेको बताएका छन्
।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...