-->
प्रहरी स्थापना भएको ६५ बर्षपछि कर्णाली पुगे प्रहरी महानिरीक्षक


कालिकोट पुस १९– नेपाल प्रहरीको
स्थापना २००७ सालमा भएको थियो ।
स्थापना भएको ६५ बर्ष पछि
कर्णालीको प्रहरीको अवस्था र
यहाँका भौतिक संरचना हेर्न पहिलो
पटक प्रहरी महानिरीक्षक उपेन्द्रकान्त
अर्यालले कर्णालीको जुम्ला र
कालिकोट भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा प्रहरी महानिरीक्षक
उपेन्द्रकात अर्यालले विकाससँगै अपराध
पनि सँगै आउने गरेको बताएका छन् ।
कर्णालीका प्रहरीको अवस्था बुझ्न
जुम्ला हुदैँ कालिकोट आएका
महानिरीक्षक अर्यालले जिल्ला
प्रहरी कार्यालय कालिकोटले
आयोजना गरेको कालिकोटका
राजनीतिक दल नागरिक समाजसँगको
अन्तक्रियाका सो कुरा बताएका हुन् ।
जिल्ला प्रहरी कार्यालय
कालिकोटमा आयोजना गरिएको
अन्र्तक्रियामा यहाँका नागरिक
समाज र राजनीतिक दलले उठाएका
बिषयमा कुरा गर्दै महानिरीक्षक
अर्यालले विकास र सुरक्षा गहन सम्बन्ध
रहेको बताए ।
कर्णालीमा बिगतभन्दा अहिले सडक
संजालले छोएको अब सुरक्षा चुनौती
थपिदैँ जाने तर्फ इंकित गर्दै
महानिरीक्षक अर्यालले भने, ‘जसरी
विकास आउँछ, त्यसको पछिपछि
अपराध आउने गर्दछ ।’
प्रहरीले चाहेर पनि खराब काम गर्न
नसक्ने बताउँदै प्रहरी महानिरीक्षक
अर्यालले प्रहरीमा कोही अधिकारी
खराब हुदैँमा सबै प्रहरी खराब हुन नसक्ने
बताए ।
‘प्रहरीले चाहेर पनि खराब काम गर्न
सक्दैन् ।’ उनले भने,–‘प्रहरीमा कोही
खराब हुन सक्छन् । त्यसलाई निर्मुल
पार्ने काम गर्नुपर्छ ।’
आगामी बर्ष जिल्ला प्रहरी
कार्यालयको भवन बन्ने
महानिरीक्षक अर्यालले आगामी बर्ष
कालिकोट जिल्ला प्रहरी
कार्यालयको भवन निर्माण गर्ने
बचनबद्धता गरेका छन् । कालिकोटका
राजनीतिक दल र नागरिक समाजले
जिल्ला प्रहरी कार्यालयको भवनको
निकै समस्या भएको कुरा राखेपछि
महानिरीक्षक अर्यालले आगमी बर्षमा
जसरी भएपनि जिल्ला प्रहरी
कार्यालयको भवन निर्माण गर्ने बताए

महानिरीक्षक अर्यालले अहिले प्रहरी
आउने बजेटको ७५ देखि ८० प्रतिशत रकम
रासन भत्तामा अन्य सुरक्षा खर्चमा
जाने हुदाँ चाहे जति भौतिक संरचना
निर्माण गर्न सकेको बताए ।ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.