-->
अब गाई र भैंसीलाई पनि सुत्केरी खर्च !

पुस १९, २०७२- सुत्केरी
महिलालाई सरकारले हजार
रुपैयाँ भत्ता दिँदै आएको छ । तर अब यो
भत्ता उनीहरूमा मात्रै सीमित रहने छैन ।
पशु सेवा कार्यालय मकवानपुरले गाई–
भैंसीलाई समेत त्यति नै सुत्केरी भत्ता
दिने भएको छ । यो आर्थिक वर्षमा
पहिलोपल्ट १ सय २५ वटा गाई–भैंसीले
यस्तो सुविधा पाउने भएका छन् ।
सुत्केरी पशुको स्याहारमा किसानलाई
प्रेरित गर्नका लागि भत्ताको
व्यवस्था मिलाइएको पशु सेवा
कार्यालयका प्रमुख रामप्रकाश
प्रधानले बताए । उनका अनुसार चालू
आर्थिक वर्षर्को दोस्रो
चौमासिकदेखि भत्ता वितरण गर्ने
तयारी छ । दोस्रो चौमासिकमा ५० र
तेस्रोमा ७५ वटा सुत्केरी चौपायाका
धनीले रकम पाउने छन् ।
सुरुमा दुग्ध उत्पादक सहकारी संघले छनोट
गरेका दुईवटा संस्थामा आबद्ध कृषकका
सुत्केरी चौपायालाई भत्ता वितरण
गरिने कार्यालयले जनाएको छ ।
प्रधानका अनुसार उक्त रकम गाई–
भैंसीलाई पौष्टिक आहारा खुवाउन
प्रयोग गर्नुपर्ने छ ।
आवश्यक मात्रामा क्याल्सियमलगायत
पौष्टिक आहारा खुवाउन नसक्दा साल
र बच्चा अडकिने, गाई–भैंसी मर्ने तथा
किसानको लगानी खेर जाने समस्या छ
। त्यसबाट पार पाउन यो योजना
ल्याइएको प्रधानले बताए । गाई–भैंसी
ब्याउनुअघि नै उक्त खर्च कृषकको हातमा
पुर्याइने पनि उनले जनाए । त्यसबाट
कृषकको लगानी संरक्षण हुनुका साथै
उत्पादकत्व वृद्धि हुने कार्यालयको
अपेक्षा छ ।
जिल्लामा चालू आवको पहिलो
चौमासिकमा नियमित र निजी गरी
पाँच हजार चार सय १९ वटा गाई–
भैंसीको कृत्रिम गर्भाधान गरिएको छ ।
तालिमप्राप्त २९ प्राविधिकले चार
हजार आठ सय ९७ गाई र पाँच सय २२ वटा
भैंसीको कृत्रिम गर्भाधान गरेका हुन् ।
यो वर्ष १७ हजार पशुको कृत्रिम
गर्भाधान गर्ने लक्ष्य छ ।ekantipur बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.