-->
पोखराले धान्न सकेन पर्यटक चाप


पोखरा – सडक महोत्सव मनाउन
परिवार र साथीसँग लेकसाइड पुगेकी
यशोदा बानियाँले बिहीबार राति
कुनै होटलमा कोठा पाइनन् ।
परिवारसहित साथीहरुसँग अंग्रेजी
नयाँ वर्ष मनाउन सडक महोत्सव गएर
फर्कंदा राति १२ बजिसकेको थियो ।
असिनपसिन हुँदै लेकसाइडभरि खोज्दा
कोठा नपाएपछि उनी पृथ्वीचोकसम्म
पुगिन् । त्यहाँ पनि अवस्था उस्तै
थियो । बल्लबल्ल एक होटल सञ्चालकले
उनीहरुलाई आफ्नो घरमा लगेर बसाले ।
यस्तो अवस्था यशोदा मात्रै होइन, अरु
सयौं पर्यटकले भोगे ।
जाल्पारोडस्थित होटल नमस्ते
पोखराका सञ्चालक कल्याण बरालले
पाहुनाहरुलाई आफ्नो कार्यालय,
किचन, स्टाफ रुम हुँदै घरमा समते लगेर
राखेको सुनाए । सामान्य दिनमा
पाँच सयदेखि एक हजार रुपैयाँसम्म पर्ने
कोठालाई उनले १५ सय सम्ममा बेचे ।
‘कतिलाई त मैले आफ्नै घरमा लगेर राखेँ,’
उनी भन्दै थिए, ‘यस्तो अवस्था वर्षमा
एकपटक आउँछ ।’
सडक महोत्सवको दोस्रो दिन
सोमबारसम्म ५० प्रतिशत पनि होटलको
अकुपेन्सी थिएन । तर, अंग्रेजी नयाँ
वर्षको राति एकैदिनका लागि
पोखराका होटलले चाप थेग्न सकेनन ।
आजको कारोबार दैनिकमा खबर छ ।ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.