पुस १९ |
ताप्लेजुङ – सुरक्षा संवेदनशिलता तथा
आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने
मुख्य उद्देश्यका साथ ताप्लेजुङ सदरमुकाम
फुङ्लिङमा सिसी क्यामेरा जडान गर्न
थालिएको छ ।
बजारक्षेत्रमा हुने गरेको चोरीसहितका
अन्य आपराधिक क्रियाकलापलाई
नियन्त्रण गर्न सिसी क्यामेरा जडान गर्न
लागिएको हो ।
जिल्ला प्रहरी कार्यालयको विषेश पहल
तथा जिल्ला विकास समिति, ताप्लेजुङ
नगरपालिका, बैंक तथा वित्तीय संस्था,
निर्माण व्यवसायी संघ, होटल व्यसायी
संघ, उद्योग वाणिज्य संघ र जिल्लाका
सांसदहरुको आर्थिक सहयोगमा क्यामेरा
जडान गरिन लागेको ताप्लेजुङका प्रहरी
प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज
कोइरालाले जानकारी दिए ।
प्रनाउ कोइरालाका अनुसार कुल १६
लाख रुपियाँको लगानीमा क्यामेरा
जडान गरिने भएको हो ।
सदरमुकाम फुङ्लिङबजारको मुख्य स्थानहरु
वीरेन्द्र चौक, तोक्मे, कोप्चे, पाथीभरा
चौक, पूरानो बैंक लाइन, जिल्ला
प्रशासन, प्रहरी कार्यालय परिसर
लगायतका १३ ठाउँमा क्यामेरा राखिने
भएको छ ।
तीन सय डिग्रीभित्र रेकर्ड गर्न सक्ने
अत्याधुनिक क्यामेरा जडान गरिँदै छ ।
एउटा क्यामेरा ७८ हजार रुपियाँ मूल्य
तिरी खरिद गरिएको प्रनाउ
कोइरालाले बताए ।
कुल रकममध्ये चार लाख रुपियाँ जति मर्मत
सम्भार तथा भई परिआउने कार्यका
लागि नगरपालिका र उद्योग वाणिज्य
संघको जिम्मेवारीमा सञ्चालन गर्नेगरी
कोषमा राखिने पनि उनले बताए ।
जिल्ला सदरमुकामको भौगोलिक बनावट
सुरक्षाका दृष्टिले संबेदनशील भएको र कुनै
घटनापछि अभियुक्त वा अपराधी सजिलै
फरार हुने सम्भावना बढिरहेकाले सिसि
क्यामेरामार्फत यसको निगारानी गर्ने
योजना प्रहरीले बनाएको हो ।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...