-->
रौतहटमा अर्का आन्दोलनकारीको उपचारको क्रममा मृत्यु


पुस १९ |
रौतहट– प्रहरीको गोली लागि घाइते
भएका आन्दोलनकारीको उपचारको
क्रममा आज मृत्यु भएको छ ।
गत गदौ २७ गते रौतहटको गौरस्थित कबिर
चोकमा भएको संयुक्त लोकतान्त्रिक
मधेसी मोर्चाको प्रदर्शनका क्रममा
प्रहरीले चलाएको गोली लागि घाइते
भएका आलोक ७ का ३९ वर्षीय शेख
माहिरूद्दिनको उपचारको क्रमममा आज
नारायणी उपक्षेत्रीय अस्पताल
वीरगञ्जमा मृत्यु भएको हो ।
भदौ 2७ गते स्थानीय प्रशासनले लगाएको
कर्फ्यू तोडेर प्रदर्शन गर्ने क्रममा कबिर
चोकमा उनलाई प्रहरीको गोली
लागेको थियो ।
यसैबीच उनको मृत्यु भएसँगै स्थानीय
प्रशासनले मधेसी मोर्चाले गर्न सक्ने
सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै
उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
अहिले गौरलगायतका मुख्य स्थानहरुमा
बाक्लो संख्यामा सुरक्षाकर्मी
परिचालन गरिएको छ ।
आज शेखको मृत्यु भएसँगै रौतहटमा
आन्दोलनका क्रममा मृतकको संख्या तीन
पुगेको छ ।
यसअघि प्रदर्शनको क्रममा प्रहरीको
गोली लागेर जिल्लाको तेजापाकडका
शेख सम्तबरेज आलम र बैरियाका
राजकिशोर ठाकुरको मृत्यु भएको थियो
।ratopati  बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.