-->
मकै पिँध्ने घट्टबाटै निकाल्न सकिन्छ बिजुली


१९ पुस, काठमाडौं । खोल्साखाल्सीमा बगिरहेको
पानीबाट घट्ट चलाउने र कुटानी पिसानीको काम
गर्ने प्रचलन नेपालमा पुरानो र मौलिक परम्परागत
प्रविधि हो । अब आधुनिकतासँगै ती पानीघट्टबाट
थोरै लगानीमै आफ्नो गाउँलाई चाहिने बिजुलीसमेत
निकाल्न सकिने ‘मेसिन’ बजारमा आइसकेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित वैकल्पिक
ऊर्जाको प्रदर्शनीस्थलमा यस्तै एउटा सामान्य
मेसिन देखियो, जसबाट थोरै खर्चमा सहजै बिजुली
निकाल्न सकिँदोरहेछ । ढुंगाको जाँतोसमेत
जोडिएको मेसिनबाट कसरी बिजुली निस्कन्छ भनेर
हामीले चासो राख्यौं ।
गाउँघरमा प्रायः स-साना खोल्साहरुमा पानी
बगिरहेकै हुन्छ । त्यही खोल्सा र खोलाको पानी
सदुपयोग गर्ने जाँगर स्थानीयलाई आयो भने
लोडसेडिङ मात्रै होइन, प्राधिकरणको महंगो
बिजुलीको बिलबाट पनि मुक्ति पाउन सकिने
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारीहरुको
दाबी छ ।
परम्परागत घट्टलाई सामान्य सुधार गर्दा एक
घण्टामा तीन पाथीसम्म खाद्यान्न पिस्ने घट्टले ७
पाथीसम्म पिँध्न सक्छ । पुरानो शैलीका घट्टहरुलाई
सुधार गरेर बिजुली निकाल्दा काठका मदानीको
ठाउँमा फलामको मदानी जोडिन्छ । बगेर आएको
पानी मदानीमा ठोक्किदाँ मदानीसँगै घट्ट र सँगै
राखिएको जेनेरेटर पनि घुम्छ । घट्ट घुमिरहँदा
पिसानीको कामसँगै बिजुली पनि निस्किन्छ ।
कहाँ-कहाँ भएको छ यसको प्रयोग ?
गाउँघरमा कुटानी पिसानीका लागि जोडिएका
पानीघट्टबाटै बिजुली निकाल्न सकिन्छ भन्ने अझैसम्म
धेरैलाई थाहा छैन । घट्ट चल्ने क्षमताको खोल्साको
पानी नै बिजुली निकाल्न पर्याप्त हुन्छ ।
प्राविधिकरुपमा भन्ने हो भने प्रतिसेकेण्ड २५ देखि ३०
लिटर पानी बग्ने खोल्साबाट बिजुली निकाल्न
सकिन्छ ।
भिडियो
अहिलेसम्म परम्परागत घट्टलाई सुधार गरेर नेपालमा ४०
भन्दा बढी ठाउँबाट बिजुली निकालिएको छ ।
काभ्रेको हात्तिसारमा घट्टबाटै निस्किएको ५
किलोवाट बिजुली ६८ घरले उपयोग गरिरहेका छन् ।
यस्तै मकवानपुर, धादिङ, सिन्धुली, बैतडी, सुर्खेत,
दोलखा, सिन्धुपाल्चोक, नुवाकोट लगायतका
जिल्लामा घट्ट सुधिार गरेर नै बिजुली
निकालिएको छ ।
लघु जलविद्युत आयोजनामार्फत बिजुली निकाल्न
चाहेमा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सुगमता हेरेर
क्षमताअनुसार प्रतिकिलोवाटका लागि १ लाख ६५
हजार रुपैयाँदेखि २ लाख ५५ हजार रुपैयाँसम्म
अनुदानको समेत व्यवस्था गर्दै आएको छ ।
लोडसेडिङका कारण अहिले गाउँदेखि शहर सबै क्षेत्र
आक्रान्त भइरहेका बेला खोल्साबाट विजुली
निकाल्ने यो प्रविधि पहाडमा निकै प्रभावकारी
हुने देखिन्छ ।
शहरमा लगानी गर्न सक्नेले इन्भर्टर, सोलार र
जेनेरेटरलगायतका सामाग्री प्रयोग गरेर लेडसेडिङको
विकल्प खोजेका छन् । तर, गाउँघरमा खासै
लोडसेडिङको विकल्प खोजिएको पाइँदैन । वैकल्पिक
उर्जा प्रवर्द्धन केन्द्रका प्राविधिकहरु भन्छन् –
हामीले बुद्धि पुर्याउने हो भने लोसेडिङबाट मुक्ति
पाउन गाउँघरमा सानो लगानी र प्रयास नै पर्याप्त
छ ।
कति घरलाई कति लगानी चाहिन्छ ?
घट्टलाई सुधारेर बिजुली निकाल्नका लागि केही
लगानी र मेहनत आवश्यक पर्छ । घट्टलाई सामान्य
सुधार गरेर बिजली निकाल्न कुनै समस्या नपर्ने
ग्रामीण वातावरण विकास केन्द्रका साहयक
कार्यक्रम अधिकृत मिलन श्रेष्ठ बताउँछन् । पैसाका
साथै श्रमदानबाट पनि कतिपय काम गर्न सकिन्छ ।
सामान्यतया गाउँघरमा चल्ने साधारण घट्टमा २
लाख ५० हजार रुपैयाँ खर्च गर्ने हो भने १ किलोवाट
बिजुली निकाल्न सकिने श्रेष्ठले बताए । १
किलोवाट बिजुलीले १० परिवारलाई आरामले
बिजुली बाल्न पुग्छ ।
यदि त्यही घट्टबाट ५ किलोवाट बिजुली निकाल्ने
हो भने पानीको मात्रा र उचाइलाई त्यसैअनुरुप
बढाउनुपर्छ । बिजुली निकाल्ने गरी घट्टमा जनेरेटर र
प्राविधिक सामाग्री जोड्ने हो भने बैकल्पिक उर्जा
प्रर्वद्धन केन्द्रले प्रतिकिलोवाट ७० देखि ८० हजार
रुपैयाँसम्म अनुदान पनि दिन्छ ।
एक किलोवाट बिजुली निकाल्न २ लाख ५० हजार
रुपैयाँसम्म खर्च पर्याप्त हुन्छ । १ किलोवाट बिजुली
निकाल्न १० परिवारले १८/१८ हजार रुपैयाँ लगानी
गर्दा लोसेडिङ पूर्ण रुपमा हट्छ ।
घट्टस्थलबाट गाउँघरसम्म लामो दुरी छ भने तार
टाँग्दा भने खर्च बढ्न सक्छ । यदि स्थानीयले श्रमदान
गरे भने त्यो लागत अझ घट्न सक्छ । घट्ट पनि सुधार हुने र
कार्यक्षमता बढ्ने अनि बिजुली पनि निस्कने भएकाले
यो निकै उपयोगी हुन्छ ।
घट्टबाट ५ किलोवाट बिजुली निकाल्ने हो भने
त्यसैअनुरुप पानीको मात्रा र उचाइ बढाउनुपर्छ । ५
किलोवाटसम्म बिजुली निकाल्दा ५० घरलाई
बिजुली बाल्न पुग्छ ।
घर छेउबाट बग्ने खोल्सामा खेर गइरेको पानीमा १८
हजार रुपैयाँ खर्चिँदा लोडसेडेडिङ हट्छ भने किन
यसबारे नसोच्ने ?onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.