पुस १९
वीरगञ्ज– अनिश्चिकालिन मधेश बन्द
तथा नाकाबन्दीलाई थप सशक्त बनाउन
भन्दै संघीय समावेशी मधेशी गठबन्धनले
नेता तथा कार्यकर्ताहरुले आईतबार
विहानै देखी वीरगन्जमा प्रर्दशन गरेका
छन् ।
गठबन्धनका नेता तथा कार्यकर्ताहरुले
विहानै देखी वीरगन्जको विभिन्न
चोकमा टायरवालेर प्रर्दशन गरेका छन् ।
गठबन्धनका नेता तथा कार्यकर्ताहरुले
वीरगन्जको माईस्थान,घण्टाघर,आदर्शनगर,
मुर्ली, विर्ता, लगायतका स्थानमा
टायर बालेर प्रर्दशन गरेका छन् ।
यसै गरी वीरगन्ज बजारलाई पूर्ण रुपमा
बन्द गराउनुको साथै नगरक्षेत्रमा रहेका
उद्योग, वित्य संस्था समेतलाई
गठबन्धनका कार्याकर्ताले बन्द गराएका
छन् ।
बन्द गराउने क्रम्मा वीरगन्जको घण्टाघर
स्थित पान गल्लिमा गठबन्धनका नेता
कार्यकर्ता र व्यपारी बीच समान्य
विवाद समेत भएको थियो । विहान
खुलेको पसललाई गठबन्धनका नेता तथा
कार्याकर्ताहरुले बन्द गराउन खोज्दा
व्यपारीले सोको विरोध गरेपछि केही
वेर पानगल्लीमा तनाव उत्पन्न भएको
थियो ।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...