-->
ओबामा र हिलारीले आइएस जन्माएका हुन् : ट्रम्प


पुस १९
मिसिसिपी – राष्ट्रपति बाराक
ओबामा र पूर्व विदेश सेक्रेटरी
हिलारी क्लिन्टनको नीतिका कारण
आईएस जन्मिएको आरोप अमेरिकी नेता
तथा उद्योगपति डोनाल्ड ट्रम्पले
लगाएका छन् । ‘उनीहरुले आइएसलाई
जन्माएका हुन् । हिलारी र ओबामा
मिलेर आइएस जन्माए,’ ट्रम्पले
मिसिसिपीमा सम्बोधन गर्दै भने ।
अमेरिकी राष्ट्रपति पदका उमेद्वार
रहेका ट्रम्पले साउदी अरेबिया र
इरानबीच बढ्दो तनावले मध्यपूर्वमा
अमेरिकी प्रभाव कम गर्ने दाबी गरे ।
उनले साउदी अरेबियाको इरानस्थित
दूतावासमा भएको धर्नाका सम्बन्धमा
बोल्दै यसले राम्रो संकेत नगरेको बताए ।
साउदी अरेबियाले ४७ जनालाई
फासी दिएपछि अहिले इरान र
साउदीबीचको सम्बन्ध बिग्रदो छ ।
उनले जर्ज डब्ल्यू बुसले सन् २००३ मा
मध्यपूर्वमा युद्ध शुरु गरेर राम्रो नगरेको
समेत बताए । यसअघि राष्ट्रपतिका
अन्य उमेद्वार क्ल्यारी फियोरिना र
रिक सान्टोरमले गत नोभेम्बरमा
क्लिन्टन र ओबामा नै आईएसआईएस
भित्र्याउन प्रमुख जिम्मेवार रहेको
बताएका थिए ।ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.