-->
इट्टा भट्टामा बालबालिका : उमेर सानो काम ठूलो


पुस १९ |
ललितपुर– आईतबार विहानको ९ बज्दै
थियो । ललितपुर बडीखेल फटाको
इट्टा भट्टामा रहेका बालबालिका
आफनै काम व्यस्थ थिए । कोही काँचा
इट्टा बोक्न त कोही इट्टा बनाउन
माटो मुछ्न व्यस्थ । धारामा पानी
थाप्नेहरु पनि थिए बालबालिका ।
आफ्ना भाई बहिनी हेर्दै थिए ।
त्यही मध्येका एक हुन् रमेश तमाङ । उमेर
भर्खर १२–१३ बर्ष मात्रै । माटो मुछ्न
ब्यस्थ थिए उनी । दाहिने हातमा
कोदाली थियो उनको । आमा–बुबा
भने ईट्टा बनाउनमै व्यस्था थिए ।
त्यस्ता दृष्य देख्न साथ क्यामेरामा
फोटो कैद गर्ने प्रयास गरेँ । केही कुरा
गर्न खोज्दा केही बोल्न चाहेनन् ।
‘कसलाई भनेर के हुन्छ ?’ रमेशले भने ।
क्यामारा देखेर छोरो तर्किएपछि
रमेशका बुवा काम छाडेर उठे । ‘फोटो
खिचेर के गर्न खोजेको ? अरुले काम
गरिरहेको अबस्थामा किन डिस्टप
गर्ने ?’ रिसाउँदै उनले भने ।
केही बेर कुराकानीपछि उनको रिसको
पारो अलि तल झर्यो । कुराकानी गर्न
तयार भए । उनका अनुसार गत बैशाखमा
आएको विनाशकारी भूकम्पले घर
भत्काएसँगै सबै परिवारलाई ल्याएका
रहेछन् । काभ्रे कोशीपारीका उनको
घर भूकम्पले भत्काएको रहेछ ।
उनले सरकारी राहत नआएको गुनासो
गर्न भ्याए । ‘खै सरकारले १५ हजार राहत
त दिएको छैन, के घर बनाईदेला ? उनले
भने, ‘आशै मर्यो । ’ उनले रहर भएपनि
छोरो पढाउन नसकेको गुनासो गरे ।
इट्टा भट्टामा अर्का १३–१४ बर्ष
उमेरका लाग्ने अर्का बालक भेटिए ।
ठेलागाडामा काँचा इट्टा ओसार्दै
थिए उनी । उनको परिचय सोध्ने
प्रयास गरेँ । तर, परिचय दिन मानेनन् ।
एकछिनपछि उनले आफ्ना दुख सुनाउन
थाले ।
मेरो नाम शंकर सार्की हो । घर
मकुबानपुर । बुबा वितेको ११ बर्ष भयो ।
मसँग भाई र बहिनी साथमा छन् । बुबा
वितेको ८ बर्षपछि आमाले समेत छोडेर
गईन् । गाउँमै ३ कक्षासम्म पढेँ । अहिले
मैले कमाएर भाई वहिनीलाई पालेको छु
। दैनिक रुपमा ५ सय देखि एक हजार
स्पैयाँसम्म कमाई हुन्छ ।
मैले पढन नपाएपनि भाई बहिना पढाउने
सोच छ । उनीहरुका सपना पुरा गर्छु ।
भाईबहिनीले पनि इट्टा बनाउनेमा
सहयोग गर्छन ।
त्यहीँ भेटिइन्, दाङ घर भएकी बालिका
आशा मगर । बहिनीलाई पिड्यैमा
बोकेर हेदै थिईन । भाइ हेर्ने, पानी
ल्याउने र भात पकाउने काम उनको
दैनिकी हो । आमा, दिदी, भाइ र
काकीका साथ काठमाडौं आएकी हुन्
उनी । उनका बुबा विदेशमा गएका रहेछन्
। पछिल्लो समय आमा, काकी र दिदी
ईंटा बोक्ने काम गर्छन् ।
१० वर्षको उमेरमै दशथोक काम गर्नुपर्ने
आशालाई स्कुल जान मन छ । पहिले
गाउँमा छँदा २ कक्षासम्म पढेकी थिइन्
। त्यसपछि कापी कलम समाउन पाइनन्

काठमाडौं उपत्यका इट्टा भट्टामा
कठाङग्रीदो जाडोमा पनि मजदुरी
गर्न वाध्य बालवालिकाकाको
अवस्था यस्तो छ । ईट्टा भट्टामा काम
गर्ने मजदुरहरु आफ्ना छोराछोरी
साथमा आएका छन् । नेपालले
बालअधिकारसम्बन्धी महासन्धि सन्
१९८९ मा हस्ताक्षर गरेको थियो ।
बालबालिका क्षेत्रमा काम गर्न
खोलिएका गैरसरकारी पछिल्लो समय
कमाउ धन्दामा लाग्ने गरेको आरोप
लाग्छ । ईट्टा भट्टामा काम गर्ने
बालबालिकाको कथाले यस्तो
आरोपहरु सत्य नजिक भएको पनि
देखाउँछ ।ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.