१७ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयले १६
जना प्रहरी उपरीक्षक (एसपी) र ३२ जना प्रहरी
नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ ।
एससपी प्रकाशजंग कार्कीको अपराध महाशाखामा
ल्याइएको छ भने ट्राफिक महाशाखाका एसपी
पोषराज पोखरेललाई सुनसरी पठाइएको छ ।
बारामा एसपी नरेन्द्र उप्रेती, उदयपुरमा नरबहादुर
खत्री र नवलपरासीमा राजेन्द्र चौधरी सरुवा भएका
छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले दरबारमार्ग
वृत्तमा डिएसपी कृष्णबहादुर पल्ली मगरलाई पठाएको
छ भने बानेश्वर वृत्तमा नारायणप्रसाद चिमोरिया
आएका छन् ।
दरबारमार्ग वृत्तका डिएसपी रमेशकुमार बस्नेतलाई
अख्तियारको क्षेत्रीय कार्यालय सुनसरीमा सरुवा
गरिएको छ ।
म्यादीमा डिएसपी बिश्वराज खड्का, सोलुमा
माधव बुढाथोकी, प्युठानमा रंजितसिंह राठौर,
ताप्लेजुङमा रामबहादुर केसी र रुकुममा रुपेश खड्काको
सरुवा भएको छ ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...