१० दिनभित्र भूकम्प
पीडितको हातमा १० हजार
पुर्याउने सरकारको निर्णय
१७ पुस, काठमाडौं । सरकारले न्यायो कपडा किन्न
दिने भनिएको १० हजार रुपैयाँ १० दिनभित्र
पीडितको हातमा पुर्याउने निर्णय गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्व घोषणा
अनुसारको १० हजार १० दिनभित्र पीडितको
हातमा पुर्याउन गृह र स्थानीय विकास
मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरेको
पहिलो सम्बोधनमा भूकम्प पीडितलाई न्यायो
कपडा किन्न प्रति परिवार १० हजार दिने घोषणा
गरिएको थियो । तर, आधा जाडो गइसक्दा पनि
पीडितले रकम पाएका छैनन् ।
बैठकले चीनका लागि नेपाली राजदूत महेश मास्केको
कार्यकाल चार महिना थप्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण नहुँदासम्म राजदूतको
कार्यकाल थप गरिएको हो’ एक मन्त्रीले भने ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...