-->
शेरेले पाए सबैभन्दा कुरुप मानिसको उपाधि


दुनियामा हुने विभिन्न खाले सौन्दर्य
प्रतियोगिताका बारेमा त सुन्नु भएकै छ । हाम्रो
देशमा पनि च्याउसरी यस्ता प्रतियोगिता हुन्छन् ।
तर के तपाइँले सबैभन्दा कुरुप मानिस छान्नका लागि
हुने मिस्टर अग्ली कन्टेस्टका बारेमा सुन्नुभएको छ ?
सायद छैन होला ।
अफ्रिकी मुलुक जिम्बाबेमा देशकै सबैभन्दा कुरुप पुरुष
छान्नका लागि यस्तो प्रतियोगिता हुन्छ र
सबैभन्दा कुरुप पुरुषलाई उसको कुरुपताको लागि
अवार्ड दिइन्छ ।
र, यो पाली ४२ वर्षका मेसन सेरे नामका पुरुष सबैभन्दा
कुरुप मानिस ठहरिएका छन् । झरेका दाँत सहितको
निकै कुरुप अनुहार भएका सेरे प्रतियोगितामा
फाटेका कपडा सहित प्रस्तुत भएका थिए । सबै
मापदण्डका आधारमा तुलना गर्दा उनी देशका
सबैभन्दा कुरुप मानिस ठहरिए र ट्रफी सहित ५ सय डलर
पुरस्कार हात पारे ।
बेरोजगार रहेका सेरेका धेरै दाँत झरिसकेका छन् ।
फाइनल राउण्डमा उनले आफुजस्तै अरु पाँच जना निकै
कुरुप प्रतिस्पर्धीहरुलाई हराउनुपरेको थियो ।
पछिल्लो ३ वर्षदेखि उपाधि जितिरहेका विलियम
मेसविनुलाई उनले हराए । मेसविनुले भने निर्णाइकहरुले
पक्षपात गरेको आरोप लगाएका छन् । कुरुप व्यक्तिको
उपाधि जितेसँगै सेरेले भगवानलाई धन्यवाद दिए ।
सन् २०१२ देखि जिम्बाबेमा यो प्रतियोगिता सुरु
भएको हो । यसलाई विश्वस्तरीय प्रतियोगिता
बनाउने लक्ष्य आयोजकको रहेको छ ।onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.