-->
सीमा नाकामा धर्ना बसेर संविधानका त्रुटी सच्याउन सकिदैंन : सिटौला

पोखरा, पुस १९ । नेपाली कांग्रेसका
महामन्त्री कृष्णप्रसाद सिटौलाले सीमा
नाकामा धर्ना बस्दैमा संविधानमा रहेका
भनिएका त्रुटी सच्याउन नसकिने बताएका छन्

आज नेपाल लोकतान्त्रिक खेलकुद संघ
कास्कीको नवनिर्वाचित
पदाधिकारीहरुको पदस्थापन कार्यक्रममा
उनले सीमा नाकामा अवरोध गरेकै भरमा
समाधान ननिस्कने भन्दै वैधानिक बाटोबाट
समाधान
खोज्नुपर्नेमा जोड दिए ।
उनले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको
दाबी पनि गरे । नेपाललाई शान्ति र
लोकतन्त्रको मार्गबाट अगाडी बढ्न नदिन
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेल भइरहेको
आरोपसमेत उनले लगाए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.