१९ पुस, बुटवल । मधेसी मोर्चाका नेता एवं संघीय
समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले
अवको आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन्
। उनले सत्तासिन दलले संविधान संशोधन र परिवर्तन
नगरे राजधानी घेर्ने चेतावनी दिए ।
आइतबार बुटवलमा आयोजित संयुक्त जनसभालाई
सम्बोधन गर्दै यादवले भने-अहिलेको संविधान खसआर्य
त्यसमा पनि उच्च जातिहरुको सहभागितामा बनेको
संविधान भन्दै ठूलादलले भ्रम छरेका छन्, बास्तबमा यसले
पछाडि पारिएका समुदायको अधिकार, पहिचान र
प्रतिनिधित्व गरेको छैन ।’
फास्ट ट्रयाकका नाममा मधेसी, दलित, जनजाति र
सीमान्तकृतको अधिकार कटौती गरेर संविधान
जारी गरिएको भन्दै उनले संविधान संशोधन नभएसम्म
आन्दोलन नरोक्ने बताए ।
उनले सरकारले वार्ताको नाटक र मजाक गरेर मधेसको
उपहास गरेको बताए । ‘वार्ता र समाधान सरकारले नै
चाहेको छैन । वार्ता-वार्ता भन्नुको अर्थ छैन’ उनले
भने ।
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका
संयोजक पद्मरत्न तुलाधारले अबको आन्दोलन
काठमाडौंमा हुने र त्यो निर्णायक हुने बताए ।
कार्यक्रम अघि बुटवलमा र्याली निकालिएको
थियो । कार्यक्रममा नयाँ शक्तिका अभियन्ता डा
बाबुराम भट्टराई आउने प्रचार गरिएपनि आएनन् ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...