१९ पुस, भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान
आयोगले नेपाल आयल निगमको भलवारी डिपोमा
छापा मारेर कागजपत्रहरु नियन्त्रणमा लिएको छ ।
अख्तियारको पश्चिमाञ्चल क्षेत्रिय कार्यालयको
सम्पर्क कार्यालय बुटवलले भलवारी डिपोमा छापा
मारेको हो । इन्धन आपुर्ति तथा वितरणसँग सम्बन्धित
रअन्य शाखाका कागजपत्रहरु नियन्त्रणमा लिइएको
अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रमुख एवं
प्रहरी उपरीक्षक उमेश राज जोशीले अनलाइनखबरलाई
बताए ।
अख्तियारको टोलीले भलवारी डिपोको लेखा
शाखा लगायत विभिन्न शाखा अनुगमन निरिक्षण
गरी कार्यालयको विभिन्न रबर स्टयाम, प्याड र
केही कर्मचारीको व्यक्तिगत फाइल समेत नियन्त्रणमा
लिइएको छ । भलवारी डिपोबाट नियन्त्रणमा
लिइएको कागजपत्रहरु अध्ययन अनुसन्धान भइरहेको
प्रमुख जोशीले बताए ।
तेल वितरणमा अनियमितता भएको देखिएपछि आयल
निगमले डिपोका तत्कालीन प्रमुख दिनेशकुमार
यादवलाई केन्द्रमा तानेको थियो ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...