पुस १९
काठमाडौं – सिभिल मलद्वारा
विजया दशमी र दीपावली २०७२ को
उपलक्ष्यमा आयोजित प्रवद्र्घनात्मक
कार्यक्रममा ३ जना विजयीले बम्पर
उपहार यमाहा फ्यासिनो स्कुटर
प्राप्त गरेका छन् । स्कुटर जित्नेमा
कुलेश्वरका मुकुट परिक, रविभवनका
अविक जोशी र ताहाचलकी सरीता
श्रेष्ठ रेहका छन् भने रुबिन महर्जनले डेढ
लाख रुपैयाँ मूल्यको आसरी हीराको
हार प्राप्त गरे ।
कार्यक्रम अवधिभर सिभिल मलबाट रु १
हजार वा सो भन्दा बढीको किनमेल
गर्ने ग्राहकहरुमध्ये गोलाप्रथाबाट
विजेताको चयन गरिएको थियोभने कुल
३५,००० कुपन वितरण गरिएको थियो ।
यसका अतिरिक्त विभिन्न विजेताहरुले
सामसुङका टेलिभिजन, वासिंग मेसिन,
माइक्रोवेभ ओभन, मोबाइल फोन, आइरन
र आसरीका गहना प्राप्त गरे ।
यमाहा फ्यासिनो सिभिल मल दशैं
तिहार महोत्सव २०७२ असोज २३ देखि
२५ पौषसम्म संचालन गरिएको थियो ।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...