-->
कसको होला यो शव ? पाँच दिन वित्दा पनि सनाखत हुन सकेन

बैतडी, १९ पुस । बैतडीमा फेला परेको वेवारिशे
शवको अझै पहिचान हुन सकेको छैन् ।
गएको बुधबार दशरथचन्द नगरपालिका १३ स्थ्ति
खेतिगाउँ सामुदायिक वनमा भेटिएको वेवारिशे
शवको पाँच दिन वितिसक्दा पनि सनाखत हुन
नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख
डीएसपी मोहन प्रसाद पोखरेलले शवको अझै
पहिचान हुन नसकेको बताए । उनका अनुसार शव
अन्दाजी ३०–३५ वर्षीय पुरुषको रहेको र ग्वानी
गाविस जाने बाटोमा भेटिएको थियो । रातो
जकेट, हरियो पेन्ट, लामो कपाल भएको, गहुँ गोरो र
पहाडी मुलको जस्तो देखिने उक्त मृत पुरुषको शव
भेटिनुभन्दा २–३ दिन अघिको हुन सक्ने प्रहरीको
अनुमान छ ।
वेवारिशे शवलाई जिल्ला अस्पताल बैतडीको लास
घरमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले
उक्त शवलाई अब पोष्टमार्टम गरी नगरपालिकाको
जिम्मा लगाउने तयारी गरेको छ । दैनिक नेपाल डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.