-->
सीके राउतका पाँच नेतालाई राज्यविरुद्धको मुद्दामा जेल पठाउने प्रहरीको तयारी

सिरहा, १९ पुस । मधेस अलग देशको नारा लगाउँदै
आएका सीके राउतका पाँच नेतालाई
राज्यविरुद्धको मुद्दा चलाउने तयारी गरिएको छ

शनिबार सिरहाको लहान नगरपालिकाबाट
पक्रेका पाँच नेतालाई इलाका प्रहरी कार्यालय
लहानले राज्यबिरुद्धको मुद्दा चलाउने तयारी
गरेको हो ।
लहान प्रहरीले सिरहाको धनगडीमाइ
नगरपालिका बिस्नुपुरकट्टी बस्ने ४० वर्षीय चन्देश्वर
महतो, लहान नगरपालिका ८ बस्ने ३० वर्षीय बिष्णु
चौधरी, २२ वर्षीय सन्तोष महतो, लहान
नगरपालिका २१ बस्ने २० वर्षीय रमेश महतो र वडा
न. १३ बस्ने २६ वर्षीय सुदीपराज कुशवाहालाई
पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको हो ।
चार जनालाई लहान नगरपालिका वडा न. २१
स्थित कटहा गाउमा रहेको एक बिद्यालयमा बैठक
गर्दै गरेको बेला लहान प्रहरीले पक्रेको थियो । भने
धनगडीमाई नगरपालिका बस्ने चन्देश्वर महतो लहान
नगरपालिका ३ स्थित सफ्टेक क्याम्पस छेउको
सडकबाट समातिएका थिए ।
लहान प्रहरीले आइतवार ४ बजे मात्रै उनीहरुमाथि
राज्यबिरुद्धको अपराधको मुद्दा चलाइने बताएको
हो । लहानका प्रहरी नायब उपरीक्षक उमा
प्रसाद चतुर्वेदीले को को माथि मुद्दा चलाइने
बारे नबताएपनि पाँच जनामध्ये केहीलाई छाड्ने
बताए । उनका अनुसार राज्य बिरुद्ध अपराधको
मुद्दा बिशेष अदालतमा चलाइने छ ।
सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले
पक्राउ परेकाहरुलाई मुद्दा चलाउने वा छाड्ने बारे
छलफल भैरहेको बताए । पक्राउ परेका सबै मधेश
स्वराजको वकालत गर्ने सीके राउतका नेता हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.