१९ पुस |
काठमाडौँ – इन्धन अभावका कारण
खाना पकाउन सास्ती बेहोर्दै आएका
मध्यम वर्गका लागि सौर्य ऊर्जा
महङ्गो साबित भएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको
आयोजनामा भृकुटीमण्डपमा जारी
प्रदर्शनीमा सौर्य ऊर्जाप्रति
अभिरुचि देखाएका उपभोक्ताले
त्यस्तो महङ्गो महसुस गरेको हो ।
वाटर हिटर, राइस कुकर, कम्प्युटर, पानी
तताउन सकिने कार्यका लागि सौर्य
ऊर्जा राख्न चाहने उपभोक्तामा रु एक
लाख ९५ हजार खर्च गर्न सक्ने क्षमता
हुनुपर्दछ ।
त्यस्तै, एक हजार ५०० वाट क्षमताको
सौर्य ऊर्जाबाट इन्डक्सन हिटर चलाउन
उपभोक्ताले रु चार लाख ५० हजार
लगानी गर्नुपर्ने हुन्छ ।
ग्राहकले बायोग्यासबाट चल्ने चुलोमा
ठूलै अभिरुचि देखाएका छन् । त्यसको
मूल्य रु दुई हजार ५०० रहेको छ । त्यस्तै,
सौर्य ऊर्जा र विद्युत् दुबैबाट पानी
तान्न सकिने मेसिनप्रति पनि
उपभोक्ताको अभिरुचि देखिएको छ ।
गोरखाका श्याम घलेले सौर्य
ऊर्जाको प्रयोग गर्न मध्यम तथा गरिब
परिवारका लागि निक्कै चुनौतीपूर्ण
रहेको भन्दै यसमा रु १५ हजारको
सहुलियतले सामान्य परिवारले सौर्य
ऊर्जा राख्न कठिन भएको गुनासो गरे।
केन्द्रअन्तर्गतको सोलार कम्पोनेन्टका
प्रबन्धक मुकेश घिमिरेले केन्द्रले
उपभोक्ता तथा ग्राहकका लागि तीन
थरि सौर्य प्याकेज उपलब्ध गराइरहेको
जानकारी दिए । घिमिरेले
तीनवटासम्म बत्ती बल्ने अथवा
मोबाइल चार्ज गर्ने सौर्य ऊर्जा
विद्यार्थीलाई लक्ष्य गरी प्याकेजका
रुपमा ल्याइएको जानकारी दिए ।
त्यस्तै, घरमा परिवारले प्रयोग गर्न सक्ने
टिभी, मोबाइल, कम्प्युटर, राउटर,
इन्डक्सन कुकरसम्म चल्ने दोस्रो
प्याकेजमा राखिएको छ भने
कार्यालय तथा संस्थामा ठूलो
मात्रामा कम्प्युटर, हिटर चलाउने तेस्रो
प्याकेजमा राखिएको छ । प्रदर्शनीमा
कुल १३७ वटा स्टल छन् ।
केन्द्रका सूचना अधिकृत कृष्णचन्द्र
पौडेलले आज समापन हुने सो प्रदर्शनीमा
कुल १३७ स्टलमध्ये ९० स्टलमा सोलार
ऊर्जाको रहेको र तीनवटा बैंकबाट
कर्जा लिन सक्ने प्रबन्ध मिलाएको
जानकारी दिए । केन्द्रले घरायसी
सौर्य ऊर्जा प्रणालीअन्तर्गत १००
वाटदेखि एक हजार ५०० वाटसम्मका
सौर्य ऊर्जा प्रणाली खरिद गर्न
चाहनेका लागि रु १५ हजार अनुदान
दिने व्यवस्था गरेको छ ।
त्यस्तै व्यावसायिक सौर्य ऊर्जा
प्रणालीअन्तर्गत एक हजार ५००
वाटदेखि माथिका सौर्य ऊर्जा
प्रणाली जडान गर्न चाहने
कार्यालयलाई ५० प्रतिशत ब्याजमा
अनुदान दिने व्यवस्था गरिएको छ ।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...