१९ पुस |
धनकुटा – चौथो भेडेटार फुड फेष्टिवल
२० लाख रुपैयाँ भन्दा बढीको आर्थिक
कारोबार गर्दै सम्पन्न भएको छ । पर्यटन
विकासमा सहयोग पुर्याउने उदेश्यले
पूर्वकै पर्यटकीय क्षेत्र भेडेटारमा पुस १६
गतेदेखि सुरु भएको फेष्टिवलमा विभिन्न
जातीय खाना, घरेलु उद्योगका
सामग्री र मासुको व्यापार राम्रो
भएको छ । आन्तरिक पर्यटकहरूको आगमन
बढेको कारण व्यापार समेत राम्रो
भएको आयोजक समितिका सचिव
जितेन्द्र रुम्दाली राईले बताए ।
फेष्टिवलमा भारत र नेपालका
विभिन्न स्थानबाट आठ हजारभन्दा
बढी पर्यटकले भेडेटारको भ्रमण गरेका छन्
। लिम्बू, राई, मगर र नेवारी लगायत
अन्य जातीय खानाका प्रकार, घरेलु
उद्योग, जातीय झाँकी र साँस्कृतिक
कार्यक्रमले फेष्टिवलमा आकर्षण
थपिएको थियो । फेष्टिवलको
अवसरमा आउने पर्यटकले नाम्जे बजार,
आत्मा बस्ने घर, साँगरी गढी, सिम्सुवा
झरना, पाथीभरा मन्दिर, बौद्ध
बिहार गुम्बा, लगायतका पर्यटकीय
स्थल घुमेर आन्तरिक पर्यटनको विकास
गर्न सहयोग पुर्याएको आयोजक
समितिका अध्यक्ष लिलाराज
लावतीले बताए ।
गत वैशाखको भूकम्प र करिब चार
महिनादेखि भारतले गरेको अघोषित
नाकाबन्दीले थलिएको पर्यटन
व्यवसायमा फेष्टिवलले रौनक थपेको छ
। फेष्टिवलमा रम्दै अङ्ग्रेजी नयाँ वर्ष
२०१६ लाई स्वागत गर्न पर्यटकहरू
भेडेटारमा भेला भएका थिए ।
वैशाखको भूकम्पपछि ओरालो लागेको
होटल र पर्यटन व्यवसाय भारतको
अघोषित नाकाबन्दी र तराईमा
जारी आन्दोलनले थलिएको बेला
व्यवसाय उकास्न फेष्टिवलले सहयोग
गरेको आयोजक समितिका सचिव
राईले बताए । नयाँ वर्ष मनाउनका
लागि आएका पर्यटकहरू फेष्टिवलमा
विभिन्न जातीय झाँकीमा रमाएका
थिए । फेष्टिवलले स्थानीय खाना र
पर्यटकीय क्षेत्रको उजागर गरेको
आयोजक समितिका अध्यक्ष लावतीले
बताए । फेष्टिवलमा भेडेटारका सबै
होटल अगाडि खानाका परिकारका
स्टलहरु राखिएका थिए । फेष्टिवलमा
प्याराग्लाइडिङ र माउन्टेन बाइकको
विशेष आकर्षण रहेको थियो ।
फेष्टिवल समापन समारोहमा सांसद
मनोहरनारायण श्रेष्ठले पर्यटन
विकासमा फेष्टिवलले महत्त्वपूर्ण
योगदान गरेको बताए । कार्यक्रममा
जिल्ला विकास समिति धनकुटाका
वरिष्ठ सामाजिक विकास अधिकृत
सीताराम गौतम र मिस पूर्वाञ्चल
पियंका श्रेष्ठ पनि बोलेका थिए ।
भेडेटारको पर्यटन विकासका लागि
जिल्ला विकास समिति धनकुटा,
भेडेटार गाविस, धरान
उपमहानगरपालिका, पर्यटन विकास
बोर्ड लगायतका निकायले सहयोग
गरेका छन् ।
कार्यक्रम समापनको अवसरमा
भेडेटारको प्रचारप्रसारमा सहयोग
गरेबापत धनकुटेली पत्रकार हरिबहादुर
लम्जेललाई सम्मान समेत गरिएको छ ।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...