पुस १९ |
वीरगञ्ज–भाईनाइके र महिला कैदी
बीचको प्रेम प्रसंगले वीरगन्ज
कारगारमा आज दिनभरी तनाब भएको
छ । वीरगन्ज कारगारका भाईनाईके ५२
वर्षीय सफि अंसारी र एक २४ वर्षीय
महिला कैदी बीचको प्रेममा प्रहरीले
बाधा सिर्जना गरेको भन्दै प्रहरी
विरुद्ध कैदीहरुले प्रदर्शन गरेका हुन् ।
वीरगन्ज कारागारमा कार्यरत रहेका
प्रहरी नायब निरीक्षक कमलेश
यादवको सरुवाको माग गर्दै कैदीहरुले
प्रदर्शन थालेपछि कारागार क्षेत्र नै
तनाव ग्रस्त बनेको थियो ।
भाई नाईके अंसारी र ठगी मुद्दामा
पक्राउ परेकी युवती बीचको प्रेम
प्रसंगलाई सुरक्षार्थ खटेका
सुरक्षाकर्मीले सहयोग नगरेपछि
सफिको उक्साहट र लागानीमा
कारगारका कैदिहरुले प्रदर्शन गरेको
प्रहरीले दावी गरेको छ ।
सई यादवका अनुसार लामो समय देखी
भाई नाइके रहेका सफिको अन्यत्र
कारागारमा सरुवा हुन लागेको खबर
पाएपछि कैदिहरुलाई रकम खुवाएर
सफिले बवाल मच्चाएको आरोप
लगाएका छन् ।
उनले ५२ वर्षीय सफि र २४ वर्षीय
महिला कैदि बीच अबैध सम्बनधका
लागि प्रहरीले नसघाएपछि
प्रहरीमाथि नै झुठ्ठा लान्छना लगाउदै
सफिको उक्साहटमा कैदिहरुले बवाल
मच्चाएको दावी गरे ।
सो सम्बनधमा वीरगन्ज कारागारमा
जेलर गाणेश अचार्यसंग बुझदा उनले
विहानै देखी एक्कासी कारगार भित्र
रहेका महिला तथा पुरुष कैदीहरु
प्रदर्शनमा उत्री भित्ता भत्काउने
प्रयासमा लागेकाले कारगार क्षेत्र नै
तनाव ग्रस्त बनेको जानकारी दिए ।
पूरुष कैदीहरुले प्रसनीलाई सरुवाको माग
गरी प्रदर्शन गरेका छन भने महिला
कैदीले प्रमुख जिल्ला अधिकारी र
प्रहरी उपरिक्षकलाई कारागारमा
बोलाई छलफल गराउन माग गरेको जेलर
अर्चायले बताए ।
यसो त भाईनाइके सफिले कारागार
भित्र छुटै शासन व्यवस्था चलाउदै
आएको कैदिहरुले बताएका छन् । कैदिका
अनुसार सफिले माग गरेको रकम उनलाई
उपलब्ध नगराए गोल घरमा लगी उनका
गुण्डाहरुले कुटपिट समेत गर्ने गरेका छन् ।
सफिले कारागारमा रहेका एक हजार
८५ जना कैदिहरुको राशन देखी उनका
लागि पाउने अन्य सुविधामा समेत
कारागार प्रशासनसंग साँठ गाँठ गरी
चलखेल गर्दै आएका छन् ।
चाचाको नामले प्रख्यात रहेका सफि
ले वीरगन्ज कारागालाई धन आर्जनको
केन्द्र बनाएको कारागारमा रहेका
सुरक्षाकर्मीहरुले बताएका छन् ।
कैदीहरुको प्रदर्शन पछि कारागारको
सुरक्षा व्यवस्थालाई बलियो
बनाइएको छ ।सम्भावित घटनालाई
रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरीको
थप बल कारागारमा परिचालन
गरिएको जिल्ला प्रशासन कार्यालय
पर्साले जनाएको छ ।
तराईमा मधेसमा आन्दोलन सुरु भएदेखि नै
वीरगन्ज कारागारको सुरक्षा
व्यवस्थाको जिम्मा नेपाली सेनालाई
दिइएको समेत स्थानिय प्रशासनले
जनाएको छ ।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...