वेष्टहामले लिभरपुललाई
हरायो
१८ पुस, काठमाडौं । एन्डी क्यारोलले पूर्व क्लबविरुद्ध
गोल गर्दा वेष्टहामले इंग्लिस प्रिमियर लिगमा
लिभरपुललाई पराजित गरेको छ ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा वेष्टहामले
लिभरपुललाई २-० ले हराएको हो । जितसँगै
वेष्टहृयामले पि्रमियर लिगमा होम एण्ड अवे दुबै खेलमा
लिभरपुललाई ५२ वर्षपछि हराएको छ ।
अवे खेलमा वेष्टहृयामले लिभरपुललाई ३-० ले हराएको
थियो, लिभरपुलको जतिबेला प्रशिक्षक ब्रेन्डन
रोजर्स थिए ।
लण्डनमा भएको खेलमा वेष्टहृयामले एन्टोनियोको
गोलबाट अग्रता लिएको थियो । खेलको ५५ औं
मिनेटमा क्यारोलले पूर्व क्लब लिभरपुलविरुद्ध गोल गरे
।
जितपछि वेष्टहामले २० खेलबाट ३२ अंक जोडेको छ ।
पाँचौं स्थानमा उक्लिएको छ । लिभरपुलको ३० अंक छ
।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...