वीरगन्ज, पुस २२ । वीरगन्जको
सीमानाकास्थित मितेरी पुलमा धर्नामा
बस्दै आएका आन्दोलनरत् मधेसी मोर्चाका
कार्यकर्तामाथि भारतीयहरुले आक्रमण गरेका
छन् ।
त्यसक्रममा भएको झडपमा परी मोर्चाका
आधादर्जन कार्यकर्ता घाइते भएका छन् ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको
जनाइएको छ । घाइतेहरुको नारायणी
उपक्षेत्रीय अञ्चल अस्पतालमा उपचार भइरहेको
छ ।
/>बुधबार बिहान १० बजेतिर रक्सौलनजिकै
रहेको अहिरवा टोल र प्रेमनगरबाट आएका
भारतीयहरुले मितेरी पुलमा धर्नामा बस्दै
आएकाहरुमाथि ढुंगामुढा गरेका थिए भने
उनीहरुले पेट्रोल बमसमेत प्रहार गरेका थिए ।
आक्रमणकारीहरु भारतीय तस्करहरु भएको र
उनीहरुले पेट्रोलियम पदार्थ र तस्करीका
सामान नेपाल ल्याएर बेच्न पाउनुपर्ने माग गर्दै
आएको मधेसी मोर्चाका कार्यकर्ताले दाबी
गरेका छन् ।
यता, आन्दोलनलाई अझ सशक्त बनाउने भन्दै
संघीय मधेसी गठबन्धनले बुधबार वीरगन्जमा
जुलुस प्रदर्शन गरी बजार बन्द गराएको छ भने
केही वित्तीय संस्थानमा तोडफोडसमेत गरेको
छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...