-->
चौधरी फाउण्डेसनद्वारा रामेछापको हात्तिटार र गाईखुरामा एक सय ३३ घर हस्तान्तरण


पुस २२
काठमाडौं– चौधरी फाउण्डेसनले
रामेछाप जिल्लाका हात्तिटार र
गाईखुराका भूकम्पपीडितहरुका लागि
एक सय ३३ ‘ट्रान्जिसलन होम’ हस्तान्तरण
गरेको छ । आपूर्ति व्यवस्थापनमा मुलुकले
भोगिरहेको प्रतिकुल परिस्थितीका
वावजुद फाउण्डेसनले भूकम्पबाट सर्वाधिक
प्रभावितहरुका लागि ‘ट्रान्जिसलन
होम’ निर्माण कार्य जारी राखेको छ ।
‘भूकम्पबाट घरविहिन बनेका
पीडितहरुलाई कम्तिमा चिसोबाट
जोगाउन सकियोस् भन्ने हाम्रो चाहना
छ । यहि उदेश्य प्राप्तीका लागि
हामीले मुलुकको प्रतिकुल परिस्थितीमा
पनि सिजी आश्रय निर्माण कार्यलाई
मुख्य प्राथमिकतामा राखेको छौ“’
चौधरी फाउण्डेसनका अध्यक्ष विनोद
चौधरीले भने, ‘हामी जति सक्दो छिटो
थप पीडितहरुलाई आश्रय हस्तान्तरण गर्न
आतुर छौ“ ।’
हात्तिटार र गाईखुरा रामेछाप
जिल्लाका सर्वाधिक भूकम्प प्रभावित
क्षेत्र हुन् । फाउण्डेसनले हात्तिटारमा ७०
र गाईखुरामा ६३ सिजी आश्रय निर्माण
गरेको छ । हात्तिटार माझी समुदायको
वस्तीका रुपमा परिचित छ ।
मंगलबार हात्तिटारमा संयुक्त रुपमा
आयोजित समारोहकाबीच चौधरी
फाउण्डेसनका निर्देशक सुरभी खेतान
चौधरीले पीडितहरुलाई सिजी आश्रय
हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा
फाउण्डेसनले एक सय ३३ पीडितहरुलाई
कम्बल पनि वितरण गरेको छ । चिसो
मौसमका कारण पीडितहरु समस्यामा
रहेको जानकारी प्राप्त भएपछि
उनीहरुलाई कम्बल वितरण गरिएको हो ।
उक्त अवसरमा सिजी आश्रय निर्माण
परियोजना हात्तिटारका संयोजक
होम बहादूर माझीले चौधरी फाउण्डेसनले
आश्रय निर्माण गरिदिएर आफुहरुको
दुःखको साथी बनेको स्मरण गर्दै कहिल्यै
विर्सन नसक्ने गुन लगाएको बताए ।
भूकम्पपछि कतैबाट सहयोग नपाएको
अवस्थामा चौधरी फाउण्डेसनले यहा“का
आर्थिक रुपमा विपन्न जनतालाई साथ
दिएको भन्दै उनले धन्यवाद दिए ।
कार्यक्रममा रामेछापका प्रमुख जिल्ला
अधिकारी, जिल्ला प्रहरी
कार्यालयका प्रमुख, पूर्व प्रहरी संगठनका
वरिष्ठ उपाध्यक्ष चुडा लामा र चौधरी
फाउण्डेसनका अधिकारीहरुको
उपस्थिती रहेको थियो ।
गत वैशाख १२ गतेको विनाशकारी
भूकम्पबाट घर गुमाएका पीडितहरुका
लागि ‘ट्रान्जिसलन होम’ निर्माण गर्ने
प्रतिवद्धता अनुसार फाउण्डेसनले
भूकम्पबाट सर्वाधिक प्रभावित
जिल्लाहरुमा सिजी आश्रय निर्माण
कार्य जारी राखेको छ । फाउण्डेसनले
भूकम्पपीडितहरुलाई आश्रय निर्माण गरी
वितरण गर्ने कार्य सन्तोषजनक रुपमा
अगाडि बढिरहेको र यसका लागि सबै
क्षेत्र र निकायबाट प्राप्त हुने सहयोगमा
निरन्तरता रहने विश्वास लिएको छ ।
चौधरी फाउण्डेसनले यसअघि
सिन्धुपाल्चोकको भीमटार, काभ्रेको
महादेवस्थान र दोलालघाट,
काठमाडौंको मच्छेगाउ“, भक्तपुरको
चा“गुनारायण, ललितपुरको बुरुङचुली र
लोकुण्डोल, गोर्खाका ताक्लुङ र गैरुङ
लगायत क्ष्ँेत्रका भूकम्पपीडितहरुका
लागि सिजी आश्रय हस्तान्तरण
गरिसकेको छ ।ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.