किन बढ्यो
मधेसी
मोर्चाको
विवाद
काठमाडौं – तराई– मधेसमा
आन्दोलनरत संघीय लोकतान्त्रिक
मधेसी मोर्चाबीचको विवाद थप
उत्सकर्षमा पुगेको छ । राजेन्द्र महत्तो
नेतृत्वको सद्भावनाले छुट्टै आन्दोलनको
कार्यक्रम सार्वजनिक गरेपछि मोर्चा
विभाजनतर्फ उन्मुख भएको छ ।
मधेसी मोर्चामा आवद्द पाँचमध्ये चार
दल वार्ताबाटै समस्या समाधान गर्ने र
आन्दोलनका स्वरुप परिवर्तन गर्ने पक्षमा
छन् । तर, राजेन्द्र महत्तो नेतृत्वको
सद्भावना पार्टी कडा आन्दोलनको
पक्षमा छ । नाकामा धर्नासहित
तराई मधेस आन्दोलन गर्दे आएको
मोर्चाले आइतबारपछि थप छलफल गरेर
आन्दोलनको स्वरुप परिमार्जनको
तयारी थालेको थियो । तर, त्यसअघि
नै सद्भावानाले छुट्टै आन्दोलनका
कार्यक्रम सार्वजनिक गरेको आजको
नयाँ पत्रिका दैनिकमा खबर छ ।रातोपाटीबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...