लन्डन । कवयित्री तथा गीतकार करिश्मा घमको
गीति एल्बम ‘मुटु’ को युके आसफोर्डस्थित केनिगंटन
क्म्युनिटी हलमा गत आइतबार भब्यताका साथ
विमोचन गरिएको छ ।
मगर संघ केन्टका अध्यक्ष उत्तर मगरको अध्यक्षतामा
आयोजित समारोहमा प्रमुख अतिथि समाजसेवी
धन कुँवर, किरात राई यायोक्खा आसफोर्डका
अध्यक्ष ध्यानबहादुर राई , किरात याक्थुङ
चुमलुङका अध्यक्ष काजिमान याक्सो, किरात
राई यायोक्खा बेलायतका सचिव चन्द्रवती राई,
राप्ती समाज युकेका अध्यक्ष हिक्मतसिं रोका,
राप्ती समाज युकेका सल्लाहकार गंगाबहादुर मल्ल,
राप्ती समाज युकेका सद्स्य समाजसेवी मानबहादुर
थापा, राप्ती समाज युकेका सदस्य तथा गीतकार
घमका बिष्णुकुमार घर्तीमगर, गीतकार निर्मला
परिवेश राई , गीतकार सीता शेरचन, संगीतकार
बीसी राई, गायक तथा संगीतकार गंगाराज राई,
गायक तथा संगीतकार बीसी राई, पत्रकार
जानुका राई, समाजसेवी शिरी लिम्बु, भेरी
समाज युकेका गोपाल थापा, सगरमाथा समाज
आसफोर्डका अध्यक्ष श्रीप्रसाद लिम्बु, राप्ती
समाज युकेका उपाध्यक्ष केशरबहादुर रोका
लगायतका अतिथिहरुले सामूहिकरुपमा पानसमा
दीप प्रज्वलन गर्दै एल्बमको विमोचन गर्नुभएको
थियो ।
संगीतकार राजेश थापाको एकल संगीतमा उत्पादन
गरिएको सो एल्बमको समीक्षा विश्व नेपाली
साहित्य महासंघका अध्यक्ष विश्वासदीप
तिगेलाले गर्नुभएको थियो ।
आफ्नो मन्तव्यमा तिगेलाले घमका रचनामा
प्रवासी नेपालीहरुको कथा, व्यथा समेटिएको र
आफ्नो जन्मभूमिप्रतिको माया अभिव्यक्त भएको
बताउनु भयो ।
आफ्नो स्वागत मन्तव्यमा वातावरणविद् विजय
हितान मगरले गीतकार घमलाई आफ्नो कलम
चलाईराख्नय शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा गायिका मेलिना राईले गाएको
एल्बमको सो गीतको भिजुअल देखाइएको थियो ।
कार्यक्रमको संचालन रूपा रानाले गरेकी थिइन।
दाङ हापुर गाविस रमना गुर्जेमा बाबा प्रेमबहादुर
घर्ती र आमा विष्णुदेवी घर्तीमगरको कोखबाट
जन्मेकी करिश्मा घमको सानैदेखि साहित्यप्रति
रुची राख्छिन् ।
प्रारम्भिक शिक्षा भारतमा सकेकी करिश्माको
सन् १९९१ मा ब्रिटिश सेनामा कार्यरत दाङ
भरतपुरका युवा विष्णुकुमार घर्तीमगरसंग विहे भएकी
उनी सन् १९९६ मा श्रीमानसंगै ब्रुनाइमा बसोबास
गरिन् ।
गत वर्ष कविता संग्रह गुनासो प्रकाशन गरेकी घमले
आफ्ना फुटकर रचना फेसबुकमा पनि प्रकाशित गर्ने
गरेकी छिन् ।
सन् २००२ मा श्रीमानको अवकाश पश्चात् झण्डै ६
वर्ष उनी सपरिवार न्यूयोर्क बसिन् । सन् २००८ देखि
सपरिवार आश्फोर्ड केन्ट युकेमा बसोवास गर्दै
आएकी छिन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...