-->
राज्यलाई टक्कटर दिन कसले बनायो समानान्तर कार्यक्रम ?

काठमाडौं, १९ पुस । एकीकृत जनक्रान्तिको
कार्यदिशा अबलम्बन गर्दै सशस्त्र विद्रोहको
तयारीमा जुटेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा
माओवादीले पूर्ववत् माओवादीकै शैलीमा
कार्यक्रम गर्न थालेको छ ।
एकीकृत माओवादी नेतृत्वले क्रान्तिप्रति धोका र
गद्दारी गरेको र नेकपा क्रान्तिकारी माओवादी
अकर्मण्यतामा फसेको निष्कर्षसहित उसले विगतको
जनयुद्ध कै गोरेटो पछ्याउन थालेको छ ।
पर्टी केन्द्रीय समितिदेखि अन्य कतिपय
कार्यक्रमलाई समेत अर्धभूमिगत बनाएको चन्द
माओवादीले अधिकांश नीति तथा कार्यक्रम
जनयुद्धकालीन शैलीमै अगाडि बढाउन थालेको
समाचार राजधानी दैनिकले छापेको छ ।
स्रोत अनुसार उसले राज्यलाई टक्कटर दिन
केन्द्रदेखि तल्लो निकायसम्मै समानान्तर ढंगले
कार्यक्रम अगाडि बढाउने र राज्यसत्ता कब्जा गर्ने
कार्ययोजना अघि सारेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.