-->
मन्त्रीहरू धेरै भएपछि बास नै पाएनन्


काठमाडौं, १९ पुस । संवैधानिक व्यवस्थाविपरीत
सरकारलेमन्त्रालय विभाजन गरेर मन्त्रीहरुको
संख्या थपेपछि मन्त्रीहरुले बास नै नपाउने अवस्था
बनेको छ ।
संविधानमा २५ वटासम्म बढी मन्त्रालय बनाउन
नहुने व्यवस्था भएपनि केपी ओली नेतृत्वको सरकारले
भने मन्त्रालय टुक्राउँदै सहायकमन्त्रीसमेत गरी ४०
सदस्यीय मन्त्रिमण्डल बनाएको छ ।
सरकारको ललिपुर पुल्चोकमा १९ वटा क्वाटर
रहेपनि सवैमन्त्रीहरु बस्न नसक्ने भएपछि उनीहरु
भाडाको घरमा बस्न थालेको नेपाल समाचार पत्र
दैनिकले छापेको छ ।
सबै क्वाटरमा मन्त्रीहरु बसेपछि सरकारले पछिल्लो
दुई चरण विस्तार गर्ने क्रममा भएका मन्त्रीहरु
क्वाटर पाउनवाट बञ्चित भएका छन् ।
मन्त्रीहरुलाई आवासको व्यवस्था शहरी विकास
तथा भवन निर्माण विभाग अन्तर्गत भवन निर्माण
सम्भार डिभिजन कार्यालयले गर्दै आएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.