अफगानिस्तानलाई हराउँदै
भारतले जित्यो साफ
च्याम्पियनसिप
१९ पुस, काठमाडौं । भारतले साफ च्याम्पियनसिप
फुटबलको उपाधि जितेको छ । आइतबार केरलामा
भएको फाइनलमा अघिल्लो सिजनको विजेता
अफगानिस्तानलाई २-१ ले पराजित गर्दै भारत सातौं
पटक साफ च्याम्पियन बनेको हो ।
खेलमा अफगानिस्तानले ७० औं मिनेटमा जुवायर
अमिरीको गोलबाट अग्रता लिएको थियो । तर,
धेरैबेर जोगाउन सकेन । ७२ औं मिनेटमा जेजेले भारतका
लागि बराबरी गोल गरे ।
निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र
खेल अतिरिक्त समयमा धकेलियो । १०१ औं मिनेटमा
भारतले २-१ को अग्रता लिन सफल भयो ।
भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै घरेलु
टोलीलाई उपाधि दिलाए ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...