१९ पुस, काठमाडौं । इंग्ल्याण्डका बेन स्टोक्सले एकै
दिन ८ रेकर्ड बनाएका छन् । र, इंल्याण्डले दक्षिण
अफि्रकाविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङमा
६२९ रन बनाएको छ ।
५ विकेटको क्षतिमा बनाएको ३१७ रनबाट
इंग्ल्याण्डका स्टोक्स ७४ र जोनी बेयस्टो ३९ रनमा
क्रिजमा थिए । तर, स्टोक्स र बेयस्टोको जोडीले
दोस्रो दिन शानदार प्रदर्शन गर्यो र छैटौं विकेटका
लागि ३९९ रनको साझेदारी गरे ।
यसक्रममा ८ रेकर्ड बन्यो । स्टोक्स २५८ रनमा रनआउट
भए । १९८ बलको सामना गरेका उनले ३० चौका र ११
छक्का हाने ।
स्टोक्स टेष्टमा सबैभन्दा कम बलमा दोहोरो
शतक बनाउने इंग्ल्याण्डका ब्याट्सम्यान बने ।
१६३ बलमा २०० रन पुरा गर्दै टेष्टकै इतिहासमा
दोस्रो फोस्टेष्ट दोहोरो शतक समेत बने ।
टेष्टमा फास्टेष्ट दोहोरो शतकको रेकर्ड भने
न्यूजिल्याण्डका नाथन एस्टलको नाममा छ ।
उनले २००२ मा इंग्ल्याण्डविरुद्ध १५३ बलमा २००
रन बनाएका छन् ।
लन्च अघि नै १३० रन पहिलो ब्याट्सम्यान ।
न्यूल्याण्डमा सर्वाधिक रन बनाउने
इंग्ल्याण्डका ब्याट्सम्यान पनि स्टोक्स बने ।
यसअघि १९१० मा ज्याक होबस्ले १८७ रन
बनाएका थिए ।
टेष्टमा सर्वाधिक छक्का हान्ने इंग्ल्याण्डका
ब्याट्सम्यान पनि बने । उनले ११ छक्का हानेका
छन् ।
१२६ औं ओभरको पहिलो बलमा छक्का हान्दै
स्टोक्सले टेष्टमै फास्टेष्ट २५० रनको रेकर्ड बनाए ।
उनले १९६ बलमा ३० चौका र १० छक्काको
मदतमा २५० रन बनाए ।
स्टोक्स छैटौं नम्बरमा व्याटिङ गर्दै सर्वाधिक
रन बनाउने इंग्ल्याण्डका ब्याट्सम्यान बने ।
उसअघि ग्रेमी हिकले भारतविरुद्ध १९८६ मा
मुम्बईमा १७८ रन बनाएका थिए ।
स्टोक्स र बेयस्टोले २८४ बलमा ३०० रनको
साझेदारी गरे । जतिबेला स्टोक्स १९१ र
बेयस्टो ९५ रनमा थिए । यो टेष्टमा फास्टेष्ट
३०० साझेदारी हो ।
स्टोक्स र बेयस्टोले छैटौं विकेटका लागि टेष्टमै
सर्वाधिक ठूलो ३९९ रनको साझेदारी गरे ।
१२६ औं ओभरको सुरुवाती दुई बलमा छक्का हानेका
स्टोक्स तेस्रो बलमा रन आउट भए । लगतै बेयस्टोले
छक्का र त्यसपछिको बलमा एक रन जोड्दै व्यक्तिगत
१५० रन पुरा गरेसँगै इंग्ल्याण्डले इनिङ समाप्तीको
घोषणा गर्यो ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...