-->
एमालेको कोसी अञ्चल भेलाद्वारा १८ बुँदे प्रस्ताव पारित, पूर्वका तीन जिल्ला टुक्र्याउन नहुने निश्कर्ष



विराटनगर, पुस १९ । नेकपा एमालेको कोशी
अञ्चलस्तरीय कार्यकर्ता भेलाले प्रदेश नम्बर १
मा रहेको झापा, मोरङ र सुनसरीलाई कुनै
हालतमा टुक्र्याउन नहुनेमा जोड दिएको छ ।
बिराटनगरमा आज सम्पन्न भेलाले १८ बुँदे
प्रस्ताव पारित गर्दै झापा, मोरङ र
सुनसरीलाई टुक्र्याउन नहुने निश्कर्ष
निकालेको हो ।
भेलाले
वार्ताबाट समस्याको समाधान खोज्न पनि
मधेसी मोर्चालाई आग्रह गरेको छ ।
सो पार्टीका कोसी अञ्चल इन्चार्ज जीवन
घिमिरेले पारित प्रस्तावमा संविधानको
कार्यान्वयन गर्नका लागि आवश्यक कानुन र
प्रान्तीय संरचना निर्माण यथाशीघ्र
गर्नुपर्ने, सामाजिक सद्भाव बिथोल्न नदिन
राज्यको बलियो उपस्थिति हुनुपर्ने उल्लेख
गरिएको जानकारी गराए ।
त्यसैगरी, नेपाल–भारतको सन् १९५० को
सन्धिलाई समयसापेक्ष संशोधन गरी
सीमावर्ती क्षेत्रमा तारघेरा गर्न र
आवतजावतका लागि परिचयपत्रको व्यवस्था
गर्नुपर्ने र चीनसँग व्यापार, वाणिज्य र
पारवाहन सन्धि अविलम्ब गर्नुपर्ने प्रस्ताव
पारित गरिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.