-->
कालोबजारीका लागि इन्धन लुकाएको घरमा आगजनी


१९ पुस, भैरहवा । रुपन्देहीको बेलहिया नाकामा
रहेको एक घरमा आगलागी भएको छ । अहिले आगो
नियन्त्रणको प्रयास जारी छ ।
प्रहरीका अनुसार प्रकाश जैशवालको घरमा आगलागी
भएको हो । खाना पकाउने क्रममा ग्यास लिक भएर
आगलागी भएको हो । उक्त घरमा कालोबजारीका
लागि इन्धन तथा ग्यास सिलिण्डरहरु भएकाले आगो
निभाउन गाह्रो भइरहेको छ ।
घरको भिक्ताहरु फुटाएर सिलिण्डर निकाल्ने प्रयास
भइरहेको छ । बेहलिया नाका क्षेत्रका अधिकांश
घरमा इन्धन राखिएको पाइएको छ ।
हालै मात्र मानव अधिकार आयोगको टोलीले समेत
भयानक विस्फोटको चेतावनी दिएको थियो ।onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.