पुस १८ | विशन क्षेत्री
पर्वत – लामो झोलुङ्गे पुलको
जिल्लाबाट चर्चित पर्वतमा फेरि
अर्को किर्तिमानी झोलुङ्गे पुल
निर्माण हुने भएको छ । कालगण्डकी
नदीमाथिको पर्वत र बाग्लुङ्ग जोड्ने
नेपालकै लामो ३४७ मिटरको कुश्मा–
कैयाँ झोलुङ्गे पुलको रेकर्ड तोड्दै मोदी
खोला माथि ३५९ लामो मुडिकुवा–
बडागाउँ झोलुङ्गे पुल निर्माण हुने
भएको हो । पुलको उचाई भने १५५.७०
मिटर हुने छ ।
मुक्तिनाथ एण्ड ओम गीता जेभी
कन्स्ट्रक्सनले निर्माणको जिम्मा
लिएको पुलको लागत रु. एक करोड ७६
लाख ९९ हजार रहेको छ । पुललाई
आगामी भाद्र मसान्तसम्ममा सक्ने
लक्ष्य राखिएको छ । झन्डै तीन महिना
पछि काम निर्माण थालनी भएतापनि
समयमा नै निर्माणकार्य सम्पन्न गर्ने
कन्स्ट्रक्सनका सञ्चालक ओम गौचनले
जानकारी दिए ।
पर्वत जिल्लाको क्षेत्र नं. १ र क्षेत्र नं. २
जोड्ने उक्त पुल व्यापारिक, आर्थिक,
सामाजिक, सांस्कृतिक तथा
पर्यटकीय हिसाबले महत्वपूर्ण हुने पुल
निर्माण समितिका मुख्य सल्लाहकार
ऋषिकेश तिवारीले बताए । पुलले पर्वत र
बाग्लुङ्गका दक्षिणी गाविसका
बासिन्दालाई सदरमुकामसम्मको दूरी
छोट्याएको छ ।
पुल निर्माण भएसँगै एक घण्टाको पैदल
यात्रा १० मिनेटमा छोटिने भएको छ ।
पुलले यातायात तथा ढुवानीमा समेत
सहजता ल्याउने जिल्ला प्राविधिक
कार्यालय पर्वतका ईञ्जीनियर महेन्द्र
बानियाले जानकारी दिए ।
नेपाली कांग्रेसका केन्द्रिय सभापति
एवम् पूर्व–प्रधानमन्त्री शुसिल
कोईरालाले शुक्रबार पुलको
शिलान्यास गरेका हुन् । शिलान्यास
पश्चात कोईरालाले नेपाल प्राकृतिक
सम्पदाको धनी मुलुक भएको हुँदा श्रोत
साधनको सदुपयोग गरी पर्यटक
भित्र्याएर आर्थिक लाभ लिन सकिने
बताए । नेपालमा पर्यटन व्यवसायको
राम्रो सम्भावना भएर पनि
राजनीतिक अस्थिरताका कारण
व्यवसाय फस्टाउन नसकेको टिप्पणी गरे
।
पर्वतमा यस अघि पनि दुई ओटा लामो
झोलुङ्गे पुल निर्माण भईसकेका छन् ।
लामो पुलको जिल्ला बनेसँगै पर्वतमा
आउने पर्यटकको संख्यामा वृद्धि हुँदै
गएको छ । निर्माणाधीन यो पुलले थप
पर्यटक भित्र्याउने आशा गरिएको छ ।Ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...