-->
क्षेत्रीय प्रशासकले गढीमाईको दर्शन गर्दा मधेसी मोर्चाको विरोध....


२३ पुस, कलैया । विश्व प्रसिद्ध धार्मिकस्थल
बाराको गढीमाई मन्दिरमा मध्यमाञ्चल क्षेत्रीय
प्रशासक लक्ष्मीप्रसाद ढकालले बिहीबार विहान
दर्शन गर्दा मधेसी मोर्चाका कार्यकर्ताहरुले विरोध
प्रदर्शन गरेका छन् ।
सुरक्षाकर्मीहरुका साथ उनी बिहान गढीमाईको
दर्शन गर्न आएका बाराको बरियारपुर आएका थिए ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा,
संघीय समाबेशी मधेसी गठबन्धन लगायतका पार्टीका
कार्यकर्ताहरुले क्षेत्रिय प्रशासकको विरोधमा
कलैयामा नाराबाजी गरेका थिए ।
मधेस आन्दोलनको बिरोधमा लागेर
आन्दोलनकारीमाथि दमनको नीति लिएकाले
ढकालको बिरोधमा नाराबाजी गरिएको
मोर्चाका कार्यकर्ताहरुले बताए । ढकाल यसअघि
गृहमन्त्रालयका प्रवक्ता थिए ।
बाराको महागढीमाई नगरपालिका
बरियारपुरस्थित गढीमाईको उच्च पदस्थ
अधिकारीहरुले दर्शन गर्दै आएका छन् । बारा, पर्सा,
रौतहट, मकवानपुर, चितवनलगायतका क्षेत्रमा रहेका
अधिकारीहरुले गढीमाईको मन्दिरमै पुगेर दर्शन गर्ने
प्रचलन छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.