-->
नेपाली फुटबल टोली बंगलादेश प्रस्थान, मलेसियासँग पहिलो खेल....


काठमाडौं, पुस २३ । बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा
सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली विहीबार
बंगलादेश प्रस्थान गरेको छ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली
टोली बंगलादेश प्रस्थान गरेको हो । यसअघि, अखिल नेपाल फुटबल संघ
(एन्फा)ले प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको
बिदाइ गरेको थियो ।
राष्ट्रिय
खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले
प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा
अफिसियलहरुलाई बिदाइ गरे ।
आसन्न दक्षिण एसियाली खेलकुद (साग)मा प्रतिस्पर्धा गर्ने २३
वर्षमुनिको राष्ट्रिय टोली बलियो बनाउन भन्दै एन्फाले
प्रतियोगिताका लागि अधिकांश युवा खेलाडी छनोट गरेको छ ।
एन्फासँगको विवादका कारण प्रमुख प्रशिक्षक प्याट्रिक ओसेम्स
अनुपस्थित भएपछि नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी
बालगोपाल महर्जन र उपेन्द्रमान सिंहलाइ दिइएको छ ।
कुल ८ टोली सहभागी प्रतियोगितामा नेपाल आयोजक बंगलादेश,
मलेसिया र श्रीलंकासँगै समूह ‘ए’मा परेको छ ।
यस्तै, समूह ‘बी’मा बंगलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोली,
बहराइन, कम्बोडिया र माल्दिभ्स रहेका छन् ।
शुक्रबार (भोलि)देखि सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो
पहिलो खेल शनिबार मलेसियासँग खेल्ने छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.