पुस २३
काठमाडौ – संघीय समावेशी मधेशी
गठबन्धनले सरकारसँग वार्ता गरिरहेको
संयुक्त लोकतान्त्रिक मधेशी
मोर्चालाई खुट्टा नकमाउन सुझाव
दिएको छ । उसले मोर्चा विभिन्न
षड्यन्त्रमा फस्ने खतरा औंल्याउँदै
मधेशको सम्पूर्ण माग पूरा नभएसम्म
आन्दोलन जारी राख्न सुझाव दिएको
हो ।
सरकारले गठन गरेको कार्यदलसँग मोर्चा
वार्तामा रहेकै बेला राष्ट्रिय मधेश
समाजवादी पार्टीको केन्द्रीय
कार्यालयमा दुई दिनदेखि जारी
गठबन्धनको बैठकले यस्तो सुझाव दिएको
हो ।
संसदमा पेस गरिएको संशोधन विधेयक
फिर्ता लिन सरकारलाई आग्रह गर्दै
गठबन्धन, मधेशी मोर्चा, मुस्लिम
मोर्चा, थरुहट संघर्ष समिति,
आदिवासी जनजातिहरुसँगको
सहमतिमा संशोधन विधेयक ल्याउन
गठबन्धनले माग गरेको छ ।
पाँच महिनादेखिको निरन्तर
शान्तिपूर्ण आन्दोलनले मुलुकको
सामाजिक, राजनैतिक र आर्थिक
अवस्था दयनीय भएपनि सरकारले
वास्ता नगरेको भन्दै आन्दोलनप्रति
सरकार उदासिन र अनउत्तरदायी हुनुले
लोकतान्त्रिक विधि र प्रक्रृया नै
संकटमा परेको बताउँदै गठबन्धनका नेता
शरत् सिह भण्डारीले मुलुकमा
मानवअधिकारको चरम उलघंन,
आन्दोलनकारी माथी क्रुर दमन, आम
नागरिक अभावको पिडामा,
विद्यार्थीहरु पढ्न नसकेको अवस्था,
देशको अर्थतन्त्र धरासायी भइसक्दा
पनि ‘रोम जलिरहदा निरोले बाँसुरी
बजाए’ झैं गरि सरकारले बेवास्ता गरेको
आरोप लगाए ।
सरकार घोषित रुपमै कालोबजारी र
तस्करीलाई संरक्षण गरिरहेको आरोप
लगाउँदै नेता भण्डारीले सरकारले
आफूहरुको मागलाई सुनुवाई नगरेको
कारणले मुलुक संकटमा फस्दै गएको उनले
दावी गरे । उनले भने, ‘कुनै एउटा
पक्षसँगको संवादले मात्रै समस्याको
समाधान ननिस्कने र मुलुक झन गम्भिर
दुर्घटनामा फस्ने भएकाले वर्तमान
परिस्थितिबाट वार्ता र संवादको
माध्यमले निकास निकाल्न आग्रह
गर्दछौ ।’
पुस २७ गतेदेखि माघ ४ गतेसम्ममा मधेशको
हरेक जिल्ला अन्र्तगत गठबन्धनको
क्षेत्रिय समितिहरु बनाउने र त्यस क्षेत्र
अन्र्तगतका प्रत्येक गाविसमा प्रत्येक
दिन अन्र्तक्रिया कार्यक्रमहरु गर्ने
निर्णय समेत भएको जानकारी
गराएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...