-->
दाङमा एकाविहानै सांसदको घर घेराउ

तुलसीपुर, १८ पुस । राप्ती अञ्चल सार्वजनिक
यातायात व्यवसायी समिति तुलसीपुरले सांसद
बुद्धिराम भण्डारीको तुलसीपुर स्थित घर घेराउ
गरेका छन् ।
आज सांसद भण्डारीले मालिका(कालिका
यातायात प्रालिको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रालिको उद्घाटन कार्यक्रममा सांसद
भण्डारीलाई सहभागी नहुन राप्ती समितिको
निर्देशनमा घर घेराउ गरिएको हो ।
राप्ती समितिको निर्देशनमा गएको करिब ६०
जनाको युवा समूहले सांसद भण्डारीको घरको गेट
समेत बन्द गरेका छन् । भण्डारीको घरको गेट अगाडि
त्रिपालमा बसेर अबरोध गरेका छन् ।
राप्ती समितिका अध्यक्ष सुरेस हमालले सांसद
भण्डारीलाई कालिका–मालिका यातायात
प्रालिको उद्घाटन गर्न नजान आग्रह गर्न आफ्ना
मान्छे त्यहाँ गएको प्रतिक्रिया दिए । अहिले
सांसद भण्डारीको घर वरिपरिको वातावरण
तनावग्रस्त छ ।
त्यहाँ ठुलो मात्रामा प्रहरी परिचालन गरिएको
छ । सांसद भण्डारीले अबरोधका बारेमा केही
जानकारी नगराएकाले घर घेराउ गर्नेलाई केही गर्न
नसकिएको जिल्ला प्रहरी कार्यालय दाङले
जनाएको छ ।
यस बिषयमा सांसद भण्डारी सँग प्रतिक्रिया
लिन खोज्दा सम्पर्क हुन सकेन । दैनिक नेपाल डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.