एजेन्सी । यौनसम्पर्क गर्दा सुरक्षित तरिका
अन्तर्गत एक अस्थाई साधन हो । कण्डोम । धेरैले
जानेर वा नजानेर कण्डोमको प्रयोग गर्दै आएका छन्
।
मुख्यतयाः कण्डोमले महिलामा गर्भ बस्न नदिने,
मानिसलाई यौनजन्य रोगबाट बचाउने काम गर्छन
। यसका अलावामा कण्डोम खास १० विशेषता
पनि छन् जो कमै मानिसलाई थाहा छ ।
यहाँ कण्डोमसँग जोडिएका १० विशेषताबारे
जानकारी दिन खोजिएको छ । जसलाई पत्याउन
पनि गाह्रो पर्नेछ:
१) कण्डोमको प्रयोग १५ हजार वर्ष पहिलेदेखि सुरु
भएको थियो । फ्रान्सको एक गुफामा यसको
आकार बनाइएको थियो भने स्वीडेनमा सबैभन्दा
पुरानो कण्डोम भेटिएको थियो ।
२) पहिला कण्डोम पाउन निकै गाह्रो थियो ।
अमेरिकामा डाक्टरको प्रेसक्रिपशनपछि मात्रै
यसलाई १९२८ बाट मेशिनबाट निकाल्न सुरु
गरिएको थियो । अमेरिकामा भएको सोची
ओलम्पिक्सको बेला इथलिटोका आलम्पिक
विलेजमा एक लाख कण्डोम बाडिएको थियो ।
३) १६ औं शताब्दीमा कण्डोमको आविष्कार
साइफलिसको विरामी रोक्नका लागि
गरिएको थियो । त्यो बेला फ्रान्समा कैयौ
मानिस गुप्त(यौन) रोग साइफलिसबाट मरिरहेका
थिए । कुनै उपचार सफल नभएपछि ‘गैबरील
फैलोपियो’ले नयाँ उपचारको खोजी गरेका थिए
। उनले लिनन शीथ्सलाई एक केमिकल साल्यूशनमा
मिलाएर सुकाए । यो शीथलाई ११०० मानिसमा
प्रयोग गर्ने योजना बनाइयो । यो शीथ्सलाई
पुरुषहरुको पेनिसमा लगाइयो र यसलाई एक रिबनले
बाधियो । त्यसपछि पत्ता लाग्यो यसरी सुरक्षा
लिदा कैयौ पुरुषहरुलाई यौन सम्बन्ध बनाएपछि
पनि साइफलिस रोग लागेन् ।
४) कण्डोममा प्रयोग हुने कच्चा पदार्थ हरेक पटक
फेरिन्थ्यो । कहिले यसलाई लेटेक्टबाट बनाइन्थ्यो
भने कहिले जनावरको आन्द्रा प्रयोग गरिन्थ्यो ।
त्यसपछि लिनन, स्लिक र लेदरबाट बनाउने प्रयास
गरियो ।
५) १६औं शताब्दीमा कण्डोम जनावरको
आन्द्राबाट बनाइन्थ्यो र त्यसकारण महंगो पनि
थियो । यसको प्रयोग मानिसहरु दुई पटक गर्थे ।
१९औं शताब्दी लागेपछि यति सस्तो भयो कि
मानिसहरु एकपटक प्रयोग गरेर फाल्न थाले ।
६) यसलाई विश्वभर कैयौ सेलिब्रेटी एन्डोर्स गर्छन्
। सुरक्षित सेक्सलाई प्राथमिकता दिएर ल्याइएको
कण्डोमबाट सुरक्षा लिन प्रोत्साहित गर्छन् ।
७) आधुनिक कण्डोमभित्र एक ग्यालोन पानी
अटाउँछ । भर्खरै प्राप्त नयाँ रिपोर्टअनुसार सैनिक
जवानहरु आफ्नो हतियार, राईफल बचाउन
कण्डोमको प्रयोग गर्छन् भने कोही आगो बाल्न
पनि प्रयोग गर्छन् ।
८) पछिल्लो केही समयमा कण्डोमको आकार र
प्रकारमा निकै परिवर्तन आएको छ । अब त फ्लेवर्ड
कण्डोमदेखि लिएर लुब्रिकेटेड र अन्य प्रकार
बजारमा सजिलैसँग पाइन्छ । यसलाई पहिला धेरै
ठूलो औषधि मानिन्थ्यो भने सकिने हो कि भन्ने
चिन्ता पनि हुन्थ्यो ।
९) एउटा नयाँ अनुसन्धान पनि भइरहेको छ । जो
कण्डोम प्रयोग गर्नेबेला देखिने छैन् । यो लगाएपछि
यौनसम्पर्क गर्दा बढ्ने तापमानमा हराउनेछ र एक
सुरक्षित साधनका रुपमा काम गर्नेछ । दैनिक नेपाल डट कमबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...